कोलोराडोको बिभिन्न शहरमा देउसी भैलो कार्यक्रमको आयोजना हुदै

इनेप्लिज २०७५ कार्तिक १८ गते १२:१८ मा प्रकाशित

कोलोराडो  । नेपालीहरुले दोश्रोे महान चाड तिहारको अवसरमा कोलोराडो निवासी नेपाली समुदायले नेपालीहरुको बाक्लो बसोबास रहेको शहरहरु लङमन्ट , अरोरामा र वेष्टमिनिष्टर क्षेत्रमा देउसी भैलो खेल्ने भएका छन् ।

कोलोराडोमा कृयासिल नेपाली घर, लायन्स क्लब र दिदीबहिनी समुहको आयोजना तथा स्थानीय संघ संस्थाको सहयोगमा नोभेम्बर ४ देखि ११ तारिक सम्म देउसी भैलो खेलीन लागेको हो ।

बिशेष गरि नया“ पुस्तालाई हाम्रो रहन सहन, भाषा, सस्कृती तथा भेष भुषाको जानाकारी गराउन तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषँ र संस्कृतीको पहिचान गराउन कार्यक्रम आयोजना गरिन लागिएको र यस्ता कार्यक्रमले मातृभुमी प्रतिको कर्तब्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको सस्कृती पहिचाहन गराउने नेपाली घरका महासचिव निर्मल श्रेष्ठले बताएका छन् ।

यसरी देउसी भैलो खेलीने स्थानहरुमा नोभेम्बर ४ सांझ ५ देखी ९ बजे सम्म नेपाली घर र लङमन्ट हिमालयज् लायन्स क्लबको आयोजनामा, लङमन्ट र बोल्डर निवासी नेपाली समुदायको संयूक्त देउसी भैलो कार्यक्रम लङमन्ट स्थित एभरेष्ट रेष्टुरेन्टमा आयोजना हुने भएको छ । त्यस्तै नोभेम्बर ६ तरिक सांझ साडे ६ देखी ९ बजे सम्म नेपाली घर र अरोरा हिमालयज् लायन्स क्लबको आयोजनामा अरोरा स्थित नेपाली घरका महासचिव निर्मल श्रेष्ठको घरमा आयोजना हुदै छ । त्यसैगरि कोलोराडो सिस्टर ग्रुपको आयोजनामा नोभेम्बर ७ देखि १० तारिक सम्म कोलोराडोको मध्यभागमा रहेको बु्रमफिल, वाईन्डट सरकल, कोलोराडो ब्लुबर्ड र फेडरल हाईटका क्षेत्रहहरुमा देउसी भैलो खेल्ने कार्यक्रम रहेको सिष्टर ग्रपका संयोजक धन पौडेलले बताएकी छिन् ।

देउसी, भैलो कार्यक्रममा कोलोराडोमा बसोबास गर्नुहुने सबै समुदायका गन्य मान्य, कलाकार, पत्रकार, बुद्धि जिवी, ब्यापारी तथा सर्बसाधारण सबैलाई आमन्त्रण गरिएको छ । हाम्रो धर्म, संस्कृती संरक्षण र पहिचाहन गराउन पाईने यस्तो अवसरमा, आयोजकहरुले सकेसम्म सबैलाई आ–आनो जातीय पहिरन लगाई, बाल बलिकाहरुलाई पनि सहभागी गराई संस्कृती सिक्ने र सिकाउने बताबरण बनाई दिनु हुन आग्रह गरेका छन् । छुट्टै जातीय पहिरन नहुनेहरुले सकेसम्म पुरुषहरु दौरा सुरुवाल र महिलाहरु साडी चोलो लगाएर सहभागी भई कार्यक्रमको शोभा बढाई दिनुहुन हिमालयज् लायन्स क्लब लङमन्ट र अरोराका अध्यक्षहरु द्धय बिकल पराजुली र कपिल सुबेदीले सबैलाई अनुरोध गरेका छन् ।

कोलोराडोमा नेपाली घरले नेपालीहरुको भाषा, संस्कृती , रिती रिवाज, तथा भेष भुषाको संरक्षण, सम्बर्धन र पहिचान गराउने उद्धेश्यको साथ हरेक बर्ष देउसी भैलो लगायत बिभिन्न सांस्कृतीक कार्यक्रमको आयोजना गर्दै आएको छ । संस्थाले देउसी भैलोबाट संकलन गरिएको रकम सबै नेपाली घरको खातामा जम्मा गरिने र उक्त रकम नेपाली घर निर्माणको लागि मात्र खर्च गर्ने बताएको छ ।

प्रतिक्रिया