कोलोराडोमा देवकोटाको ११० औं जयन्ति तथा कवी गोष्ठी हुने

नातिबाबु भट्ट २०७५ कार्तिक १८ गते २:१६ मा प्रकाशित

कोलोराडो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा महाकवी लक्ष्मीप्रसाद देवकोटाको ११० औं जयन्ति संगै कवी गोष्ठीको कार्यक्रम गरिने भएको छ ।

श्रष्टा सम्मान तथा नियमित कवी गोष्ठी कार्यक्रम अन्तर्रगत यहि नोभेम्बर १० तारिकका दिन देवकोटा जयन्तिको अवसर पारेर कोलोराडो नर्थग्यालेन स्थित क्रसरोड चर्जमा डा.शिलु घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा प्रवासमा रहेर नेपाली भाषा साहित्यमा निरन्तर योगदान दिईरहेकी डा. शिलु घिमिरेलाई सम्मान गर्ने कार्यक्रम रहेको बताईएको छ ।

यस विशेष अवसरमा आना लेख, रचना लिएर सुन्न र सुनाउन उपस्थितीको लागी सबै संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, सामाजिक अभियान्ता, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार, व्यवसायी, बाल बालीका तथा सर्वसाधरणलाई अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुंगेलले अनुरोध गरेका छन् ।

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा श्रष्टा सम्मान तथा कवि गोष्ठी हदै आएको छ ।

नातिबाबु भट्ट

पत्रकार/लेखक

प्रतिक्रिया