यस्ती छिन् पोखराकी एक्ली ई–रिक्सा महिला चालक

इनेप्लिज २०७५ कार्तिक १७ गते १३:१० मा प्रकाशित
नन्दकुमारी शर्माले इरिक्सा किनेको करिब ३ बर्ष भयो । उनले यो रिक्सा चलाउन साईकेल सिकेपछि पहल गरेकी हुन् । उनी भन्छिन्–‘साईकल भन्दा यो रिक्सा चलाउन सजिलो लाग्छ’ ।
पोखरामा करिब ५० जति इरिक्सा छन् । धेरै जस्तोको लाईसेन्स छैन र नन्दकुमारीको पनि छैन । लाईसेन्सको लागी धेरै पटक दाङको तुलसीपुर पुगेको जानकारी दिईन् । उनले अब प्रदेश सरकारले नै दिन पर्ने उनको धारणा छ । भएका रिक्सा मध्य आफू मात्र महिला चालक भएको उनको दाबि छ ।
लाईसेन्स नभएकोले ट्राफिकले चिट काट्ने गरेको उनले बताईन् । उनी इरिक्सामा फलफूल तरकारी लिएर पोखराका बजार डुल्छिन भने उनको आफ्नै फलफूल पसल बिन्ध्याबासिनीमा छ ।

प्रतिक्रिया