चितवनको कालिकामा जारी सगुन महोत्सवमा आइतबार ‘लाउरे कन्सर्ट’ हुने शिशिर सिंखडा

इनेप्लिज २०७५ कार्तिक १७ गते १३:०५ मा प्रकाशित

खोलेसिमल, चितवन, १७ कार्तिक ।
चितवनको कालिका नगरपालिका वडा नं ६ रेडक्रसग्राम चौरमा जारी सगुन महोत्सवमा भोली आइतबार लाउरे कन्सर्ट हुने भएको छ । नेपाली ¥याप स्टारले परिचित गायक आशिष रानाले आइतबार हुने कन्सर्टमा आफ्ना गीतहरु प्रस्तुत गर्नेछन् । उनको अहिलेको सुपररागा गीत दर्शक श्रोताहरु माझ अत्यन्त चर्चित रहेको छ । सो गीतका अतिरिक्त मेरो सोल्टा, तितो सत्य, हाउडे, लाउरे, पोखरा, नेपहप लगायतका गीतहरु पनि चर्चामा रहेका छन् ।

पोखरा विश्वविद्यालयबाट बीबीए अध्ययन गरेका चर्चित ¥यापर लाउरेको गीत हेर्ने र सुन्ने दर्शक श्रोताहरु अधिकांश युवा वर्गका रहेका छन् । उनको कन्सर्ट आइतबार बेलुका ५ बजेबाट ९ बजेसम्म हुने महोत्सव मुल समारोह समितिका सदस्य श्यामकृष्ण बजगाईले जानकारी दिए । सो दिन द नेटिभ ब्याण्डको विभिन्न प्रस्तुती समेत रहेको छ ।
महोत्सवमा यस अगाडि कलाकारहरु सुनिल गिरी, भोजराज काफ्ले, जिग्री, पाँडे, मिलन लामा, ढाकाराम पौडेल, ज्योती मगर, रमेशराज भट्टराई र जादुगर बलराम सरकारले आ–आफ्नो प्रस्तुती देखाएका थिए । त्यसैगरी कमल खत्री, महादेव त्रिपाठी, पशुपति शर्मा र रामजी खाँडले आफ्ना प्रस्तुतीहरु देखाएका थिए । महोत्सवमा आज शनिबार अशोक दर्जी, टंक बुढाथोकी, मिलन लामाले आ–आफ्ना प्रस्तुती देखाएका थिए । भोली १८ गते आइतबार लाउरे कन्सर्टका अतिरिक्त मेलिना राई र द नेटिभ ब्याण्डको विशेष प्रस्तुती रहने छ । त्यस्तै स्थानीय कलाकार शिशिर तिमल्सिना, रत्ननगर कला मन्दिर र अट्र्याक्सन डान्स सेन्टरको समेत हरेक दिन प्रस्तुती रहेको छ ।

“कृषि, पर्यटन, व्यापार, उद्योग, कला तथा संस्कृतिको प्रवद्र्धन गर्ने मूल आधार, स्वास्थ्यमा सबैको पहँुचको लागि हामी सबैको अधिकार” भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा यस क्षेत्रको पर्यटन र कृषिलाई प्राथमिकता दिइएको छ । स्थानीय सगुन विकास समाज र वरपिपल महिला समाजको आयोजनामा भएको महोत्सवमा १ सय ५० स्टल रहेका छन । कालिका क्षेत्रको पर्यटकीय क्षेत्र सिन्ती झरना, कालिका मन्दिर, चित्राम झरना, विभिन्न धार्मिक क्षेत्रहरु गुम्बा लगायत कृषि, व्यवसायको प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ ।

नगरको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसारको अतिरिक्त विभिन्न जातजातीको भेषभुषा, रहनसहनको समेत प्रचार प्रसार र प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ । यस क्षेत्रका जनताको स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यका साथ महोत्सवबाट बचतबाट भएको रकमबाट एम्बुलेन्स खरीद गर्ने उद्देश्य रहेको मुल समारोह समितिका सदस्य रामशरण पाठकले जानकारी दिए । स्थानीय बजारको विकास र प्रवद्र्धनका अतिरिक्त यस क्षेत्रका उत्पादनहरुको प्रचार तथा विक्री समेत महोत्सवको मुख्य उद्देश्य रहेको छ ।

प्रतिक्रिया