मानव अधिकार परिषद अमेरिकाले ” कालो पहाड ” नेपाली चलचित्र बनाउने

इनेप्लिज २०७५ कार्तिक १७ गते १२:०६ मा प्रकाशित

मानव अधिकार परिषद अमेरिकाले ” कालो पहाड ” नेपाली चलचित्र बनाउने भएको छ । सयुक्त राष्ट्र संघका प्रतिनिधि डा राम कृष्ण शाहले गत अक्टोबर ८ उक्त कुरा सामाजिक संजाल मार्फत जनाएका छन् । उक्त चलचित्रको लागि स्विटजरल्याण्डमा लामो समय देखि बस्दै आएका कलाकार कृष्ण सापकोटा सहित अन्य कलाकारहरुलाई समेट्ने घोषणा गरेका छन् ।

उक्त चलचित्रमा मनोज अग्रवाल ,प्रख्यात कलाकार मुरलीधर ,कृष्ण सापकोटा ,जय शाह ,सन्नी शाह ,राज कुमार ,राम कृष्ण शाह ,अजय शाह शिवानी ,हरि कुमार शाह ,सपना लगायत कलाकारहरुको प्रतिनिधित्व हुने छ ।

यो घोषणा संगै कलाकार कृष्ण सापकोटा निकै उत्साहित रहेको ईनेप्लिजलाई बताए ।

प्रतिक्रिया