गायिका तथा मोडल लक्ष्मी आचार्यको ”कोई कोई मान्छे ” भिडियो सहित

इनेप्लिज २०७५ कार्तिक १६ गते २१:१८ मा प्रकाशित

आपसी रुपमा दाजु भाई तथा दिदि बहिनीको माया ममतालाई प्रगाठ बनाउने पर्व तिहारको पुर्व सन्ध्यामा गायिका तथा मोडल लक्ष्मी आचार्यको तिहारको कोशेली ”कोई कोई मान्छे ” गीतको भिडियो बजारमा आएको छ । जय देवकोटाको शब्द तथा लय सिर्जना रहेको छ । भिडियोमा तिहारमा गाइने देउसीले भाकालाई समेत समावेश गरिएको छ । आफना प्रेमीलाई भेटेर रमाइलो गदैँ देउसी गीत गाउदा निकै खुशी भएको गायिकाले गीतमा बताएकी छन ।

बविता श्रेष्ठको निर्देशन , ओम श्रेष्ठको कोरियोग्राफी गीतमा रहेको छ । राजेश घिमिरे र विरेन्द्र भटटले भिडियोलाई छायाँकन र अविनास डिसीको सम्पादन भिडियोमा रहेको छ । ”कोई कोई मान्छे ” गीतको भिडियोमा लक्ष्मी र डिके एवम साथीहरुको अभिनय तथा नित्य रहेको छ ।

प्रतिक्रिया