एनआरएनएको तेश्रो अफ्रिका बैठक युगाण्डाको कम्पालामा हुने
गैरआबासिय नेपाली सङ्घको तेस्रो अफ्रिका बैठक यही डिसेम्बर २९ – ३० , २०१८ मा पुर्बी अफ़्रिकि मुलुक युगान्डाको राजधानी शहर कम्पालामा सम्पन्न हुने भएको छ । अफ्रिकाका सत्र मुलुकमा रहेका राष्ट्रिय समन्वय समिती ,अन्तरास्ट्रिय समितीका पदाधिकारीहरु र अन्य महादेशका एनआरएन नेतृत्वको पनि सहभागिता रहने बैठकको मुल बिषय ” बिकासका अनुभवहरु एक आपसमा साटदै ” हुनेछ ।
जस अनुरुप अफ़्रिकिन र अफ्रिकामा कार्यरत नेपाली बिज्ञहरुले अफ़्रिकि बिकास र त्यहा केही रास्ट्रहरुमा भइ रहेको द्रुत गतिको आर्थिक बिकासको अनुभवहरु बारे कार्यपत्र पेस गर्ने छन ।
त्यसैगरी नेपाली श्रमिकहरुले अफ्रिकामा भोग्नु परिरहेका समस्याहरु ,मानव तस्करी र अफ्रिकन पर्यटन उधोगका अनुभव र नेपालमा अफ़्रिकिन लगानी बारे बैठकमा कार्यपत्रहरु प्रस्तुत र छलफल हुने जानकारी एनआरएनएका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले दिएका छन ।
कार्कीले इजिप्ट र दक्षिण अफ्रिकाका महामहिम राजदूतहरुको बैठकमा उपस्थिति रहने र नेपालबाट परराष्ट्र वा श्रम मन्त्री मध्य एकलाई निमन्त्रणा गरिने बारे छलफल चलिरहेको समेत बताएका छन ।
बैठक एनआरएनए राष्ट्रिय समन्वय समिति युगान्डाको आथित्यतामा आयोजना हुने र बैठकको तयारी शुरु भइसकेको जानकारी संघका युगान्डा अध्यक्ष राजमणि भन्डारीले जनाएका छन । बैठकका मुल कार्यक्रम लगाएत अफ्रिकन र नेपाली कलाकारहरुले प्रस्तुत गर्ने सास्कृतिक कार्यक्रम र नेपाली भाषा साहित्य माथी गोष्ठी समेत कार्यक्रममा आयोजना गरिनेछ
विश्व प्रसिद्ध लेखक सलमान रुस्दी माथी न्यूयोर्कमा आक्रमण
अमेरिकाको नर्थ क्यारोलाइनाको एक ब्यायामशाला बाहिर गोलाबारी हुँदा १ जनाको मृत्यु ,३ जना घाइते
रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिती गठन
एफबीआईको कार्यालयमा प्रवेश गर्ने प्रयास गर्ने एक सशस्त्र संदिग्ध अधिकारीहरूसँगको विवादपछि मारिए
बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा नेपालीमूलका बिद्यार्थीहरुलाई विशेष सम्मान गरिने
प्रतिक्रिया