गीता खत्री द्वारा अनेसास बोर्ड अफ ट्रस्टीजको अध्यक्ष पदमा उम्मेदवारीको घोषणा ,प्रतिबद्धता सहित

इनेप्लिज २०७५ कार्तिक १५ गते १०:५३ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय कार्यकारी समितिकि पूर्व अध्यक्ष तथा २०१५–२०१८ मा बोर्ड अफ ट्रस्टीजको उपाध्यक्ष गीता खत्रीले अनेसास बोर्ड अफ ट्रस्टीजको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा सहित प्रतिबद्धता समेत जारी गर्नु भएको छ ।

आफूले गरेका अनुभव र बिभिन्ना पदमा रहेर काम गरेको बताउदै वहाले छापा बिज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी जारी गर्नु भएको छ । उक्त छापा विज्ञप्तिको पुर्ण पाठ जस्ताको तस्तै :

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रस्टीजको नयाँ कार्यसमितिको निर्वाचन छिट्टै हुन लागेको कुरा यहाँलाई जानकारी नै होला । उक्त निर्वाचनमा नयां कार्यसमितिको अध्यक्ष पदमा मैले आफ्नो उम्मेदवारी दिने निर्णय गरेकी छु । म लगायत कार्यसमितिमा अन्य पदका लागि योग्य र क्षमतावान व्यक्तिहरुको समूह लिएर आगामी निर्वाचनमा भाग लिन गइरहेकी छु ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यूयोर्क च्याप्टरको उपाध्यक्ष, अध्यक्ष तथा केन्द्रीय कार्यसमितिको महासचिव र अध्यक्षका रुपमा मैले अनेसासको सांगठनिक र संस्थागत विकासमा खेलेको भूमिकाबारे अनेसासमा संलग्न सबैलाई अवगतै होला भन्ने मैले विश्वास लिएकी छु ।

सन् २०१२–२०१४ को केन्द्रीय कार्यसमितिको अध्यक्षका रुपमा मैले अनेसासलाई नेतृत्व दिँदा प्रथम अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलनको आयोजना न्यूयोर्कबाट शुरु भएर अहिले विश्वको विभिन्न भागमा सम्पन्न हुदै गइरहेको छ । आदिकवि भानुभक्तको सालिकलाई वाशिङ्टन डि.सी क्षेत्रमा स्थापना गर्ने उद्देश्यले मेरो पहलमा सालिक बनाउन लगाई मेरै कार्यकालमा वाशिङ्टनमा ल्याइसकिएको छ ।

अन्तर्राष्ट्रिय स्तरका अनेसास कवितासंग्रह, अनेसास गजल—गंगासंग्रह, अनेसास कथासंग्रह तथा अनेसास गीतसंग्रहसमेत प्रकाशित गराएको थिएँ । ट्रष्टीज विस्तारमा मेरो गहन प्रयास रहेको थियो । बोर्ड अफ ट्रस्टीजले हरेक दुई वर्षमा प्रदान गर्ने उत्कृष्ट पुस्तक पुरस्कारका अतिरिक्त मेरो कार्यकाल र मेरो पदावधि सकिएपछि पनि मेरो सव्रिmयतामा नवरत्न महिला तथा बालिका पुरस्कारका रुपमा विभिन्न नौ साहित्यिक क्षेत्रका प्रतिभावान व्यक्तिहरुलाई पुरस्कृत गर्ने क्रमलाई निरन्तरता दिएँ ।

सन् २०१५–२०१८ मा बोर्ड अफ ट्रस्टीजको उपाध्यक्ष रहेर मैले बोर्ड अफ ट्रस्टीज र केन्द्रका बीचमा निरन्तर र अद्यावधिक रुपमा सम्बन्ध रहनुपर्छ भनेर केन्द्रसित बोर्ड अफ ट्रस्टीज कार्यसमितिलाई विधानअनुसार व्यावहारिक सम्बम्धमा आवध्द गर्न व्रिmयाशील रहेँ ।

यस पटक हुने निर्वाचनमा मेरो विगतको लामो अनुभव र संस्थाको लागि आवश्यक पर्ने भौतिक, सांगठनिक तथा प्राज्ञिक क्षेत्रको विस्तार, विकास र सुदृढीकरणका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिने निर्णय गरेकी छु ।

म लगायत मेरो समूहको बिजय भएमा आगामी चारबर्षमा २६ वर्षदेखि कार्यालय भवन र भौतिक सम्पत्ति नभई अघि बढेको यो विश्वव्यापी संस्थाको केन्द्रीय कार्यालय भवन डि.सी क्षेत्रमा निर्माण गर्ने कार्य र नेपालमा रहेको डायस्पोरा डेस्कलाई व्यवस्थित गर्ने कार्यलाई सन् २०२० भित्रमा पूरा गराउने, केन्द्रीय कार्यसमिति र बोर्ड अफ ट्रष्टीजको यसै वर्षदेखि लेखापरिक्षण गराउन शुरु गराउनेछु, अनेसासबाट प्रदान गरिने उत्कृष्ट पुस्तक पुरस्कारलाई आकर्षक, सम्मानित र मर्यादित बनाउन सन् २०१९ मै नयाँ प्रारुप ल्याइनेछ, विश्वभरिका सबै नेपाली साहित्यकारहरुलाई समेट्न सक्ने छाता संस्थाका रुपमा अनेसासलाई बढी सशक्त र कार्यक्रममुखी बनाइनेछ, बोर्ड अफ ट्रष्टीका पूर्व अध्यक्षहरुको सल्लाह एवं सुझाव ग्रहण गर्दै वर्तमान बोर्ड अफ ट्रष्टीज कार्यसमितिले बनाएका योजनाहरुलाई निरन्तरता दिइनेछ, तथा बोर्डअफ ट्रस्टीजका सम्मानित सदस्यज्यूहरु, पूर्व अध्यक्षज्यूहरु तथा सल्लाहकारहरुसमेतको सल्लाहलाई सम्मान गर्दै कार्यसमितिले भावी दिनमा गर्नुपर्ने कार्यसम्पादन तथा योजना कार्यन्वयनलाई क्रमशः अगाडि बढाइनेछ ।

प्रतिक्रिया