चितवनको कालिकामा जारी सगुन महोत्सवमा दर्शकहरुको आइरो, गीत संगीतमा अवलोकनकर्ताको मुख्य रोजाई

इनेप्लिज २०७५ कार्तिक १३ गते २३:०४ मा प्रकाशित

चितवनको कालिका नगरपालिका वडा नं ६ रेडक्रसग्राम चौरमा जारी सगुन महोत्सवमा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको छ । महोत्सवमा कलाकारहरुको प्रस्तुती हेर्नका लागि दर्शकहरुको मुख्य रोजाई देखिएको मुल समारोह समितिका संयोजक केशव लामाले बताए । हरेक दिन फरक फरक कलाकारको प्रस्तुती हेर्नका लागि दर्शकहरु आइरहेका छन् । स्थानीय स्तरमा संचालित महोत्सवमा पनि धेरै कलाकारहरुको प्रस्तुती हेर्न पाउँदा दर्शकहरु खुशी देखिएको उनले बताए ।

महोत्सवमा यस अगाडि कलाकारहरु सुनिल गिरी, भोजराज काफ्ले, जिग्री, पाँडे, मिलन लामा, ढाकाराम लामिछाने, ज्योती मगरले आ–आफ्नो प्रस्तुती देखाइ सकेका छन् । मंगलबार रमेशराज भट्टराई र जादुगर बलराम सरकारले आ–आफ्नो प्रस्तुती देखाएका थिए । त्यसैगरी १४ गते बुधबार कमल खत्री, महादेव त्रिपाठी, १५ गते पशुपति शर्मा, १६ गते रामजी खाँड र लाउरेको कन्सर्ट हुने मुल समारोह समितिका सह संयोजक प्रेम कुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै १७ गते अशोक दर्जी र टंक बुढाथोकी तथा १८ गते मेलिना राईको प्रस्तुती रहने छ । त्यसैगरी स्थानीय कलाकार शिशिर तिमल्सिना, शिव थापा मगर, रत्ननगर कला मन्दिर र अट्र्याक्सन डान्स सेन्टरको समेत हरेक दिन प्रस्तुती रहेको छ ।

“कृषि, पर्यटन, व्यापार, उद्योग, कला तथा संस्कृतिको प्रवद्र्धन गर्ने मूल आधार, स्वास्थ्यमा सबैको पहँुचको लागि हामी सबैको अधिकार” भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा यस क्षेत्रको पर्यटन र कृषिलाई प्राथमिकता दिइएको छ । स्थानीय सगुन विकास समाज र वरपिपल महिला समाजको आयोजनामा भएको महोत्सवमा १ सय ५० स्टल रहेका छन । कालिका क्षेत्रको पर्यटकीय क्षेत्र सिन्ती झरना, कालिका मन्दिर, चित्राम झरना, विभिन्न धार्मिक क्षेत्रहरु गुम्बा लगायत कृषि, व्यवसायको प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ ।

नगरको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसारको अतिरिक्त विभिन्न जातजातीको भेषभुषा, रहनसहनको समेत प्रचार प्रसार र प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ । यस क्षेत्रका जनताको स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यका साथ महोत्सवबाट बचतबाट भएको रकमबाट एम्बुलेन्स खरीद गर्ने उद्देश्य रहेको मुल समारोह समितिका सदस्य रामशरण पाठकले जानकारी दिए । स्थानीय बजारको विकास र प्रवद्र्धनका अतिरिक्त यस क्षेत्रका उत्पादनहरुको प्रचार तथा विक्री समेत महोत्सवको मुख्य उद्देश्य रहेको छ ।

करिव २ करोड कारोवार हुने लक्ष्य रहेको महोत्सवमा करिव ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सव मुल समारोह समितिका सह संयोजक एवम् आयोजक संस्था सगुन विकास समाजका अध्यक्ष प्रेमकुमार श्रेष्ठले बताए ।

महोत्सवबाट करिव १० लाख रुपैया बचत हुने अनुमान गरिएको र महोत्सवमा प्रवेशको लागि रु. ५० को टिकट शुल्क कायम गरिएको मुल समारोह समितिका सदस्य श्यामकृष्ण बजगाईले जानकारी दिए । सो महोत्सवस यही कार्तिक १९ गते सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया