मिर्गौला पिडित पत्रकार महर्जनको सहयोगार्थ टोकियोमा च्यारिटी बजार सम्पन्न

इनेप्लिज २०७५ कार्तिक १२ गते ०:५९ मा प्रकाशित


मिर्गौला पिडित पत्रकार आशाकाजी महर्जनको सहयोगार्थ टोकियोमा च्यारिटी बजार सम्पन्न भएको छ l नोभेम्बर२८ तारेख आईतवारको दिन सिन कोईवा स्थित ठमेल हलमा च्यारिटी बजार सम्पन्न भएको कुराको जानकारी ग्लोबल नेपाल नेटवर्कका संयोजक सुनिल कुमार शाक्यले जानकारी दिनु भएको छ l

जम्मा २७६ वटा सामानहरु बिक्रि भएर १५६०० येन जम्मा भएको छ l जम्मा भएको रकम नोभेम्बर चार तारेख नेपा: ब्यान्केतमा हुने ग्लोबल नेपाल सुपरस्टार अवार्ड कार्यक्रममा हस्तान्तरण गर्ने भएको छ l

सेवा नै धर्म हो भन्ने बिचारले गर्दा तत्काल पहिलो पटक गरेको च्यारिटी बजार भएर पनि सन्तोष जनक रुपमा सफल भएको छ l नेपालको आर्थिक अवस्था कमजोरहरुको सहयोग स्वरूप हजारौं वटा राम्रा राम्रा लुगाफाटाहरु र अन्य सामानहरु च्यारिटी बजारको लागि जापानीहरुले उपलब्ध गराएको हो l

उक्त च्यारिटी बजार सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण जापानी तथा नेपाली दाजु भाई दिदी बहिनीहरुलाई आयोजकको तर्फबाट धेरै धेरै धन्यवाद दिनु भएको छ l

प्रतिक्रिया