युके निवासी गीतकार करिश्मा घामको शब्द र मिलन अमात्यको स्वर रहेको गीत ‘नेपालकी छोरी’ सार्वजनिक भएको

इनेप्लिज २०७५ कार्तिक ११ गते ११:४७ मा प्रकाशित

 

काठमाडौं – युके निवासी गीतकार करिश्मा घामको शब्द र मिलन अमात्यको स्वर रहेको गीत ‘नेपालकी छोरी’ सार्वजनिक भएको छ ।

‘मुटु’ एल्बममा समावेस रहेको ‘नेपालकी छोरी’ गीत आकर्षक भिडियो सहित सार्वजनिक भएको हो । भिडियो मोडल पेसला कटुवालको अभिनय देख्न सकिन्छ ।


राजेश थापा मगरको संगीत र सुमन क्षेत्रीको संगीत संयोजन रहेको गीतको भिडियोलाई मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।

मुकेश हुमागाईको छायाँकन, अमृत चापागाईको सम्पादन, माला मगरको कोरियोग्राफ रहेको भिडियो विन्ध्यावासिनी मुजिक प्रा.लिले बजारमा ल्याएको हो ।

प्रतिक्रिया