मंगलबार, असोज १२ २०७८
काठमाडौं ०१:५५
वासिङटन डिसी 16:10

उत्कृष्ट कथाको भिडियो सातै जन्म (जनम जनम )मा उत्तम बिक्रम बिष्टको पुन आगमन

इनेप्लिज २०७५ कार्तिक १० गते ११:२५ मा प्रकाशित


काठमाडौँ, कार्तिक १० । गायक तथा संगीतकार उत्तम विक्रम विष्टको स्वरमा ‘सातै जन्म जनम जनम’ बोलको गीतको भिडियो बजारमा आएको छ ।
युवा युवती भित्रका प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । मायामा रहेका जोडीको मनोभावलाई गीतामा समेटिएको छ ।

विजय नेपालको शब्द तथा संगीत गीतमा रहेको छ । गीतमा एरेन्ज कृष्ण पुनले गरेका छन । बविता पुरीको निर्देशन , अविनास डिसीको सम्पादन , मुकेश हुमाँगार्इँँको छाँयाकन रहेको छ । ‘सातै जन्म जनम जनम’ गीतको भिडियोमा उत्तम , लिला , लोमस , र पुजाको अभिनय रहेको छ ।

प्रतिक्रिया