किडनी पिडित पत्रकार आशाकाजी महर्जन सहयोगार्थ टोकियोमा च्यारिटी बजार हुने

इनेप्लिज २०७५ कार्तिक ९ गते २१:४७ मा प्रकाशित

पत्रकार आशाकाजी महर्जन सहयोगार्थ टोकियोमा च्यारिटी बजार हुने भएको छ। टोकियोको सिन कोईवा स्थित ठमेल हलमा च्यारिटी बजार हुने भएको छ l अक्टोवर २८ तारेख आईतवारका दिन टोकियो ,सिन कोईवाको ठमेल हलमा दिउँसो ११ बजे देखि च्यारिटी बजार हुने ग्लोबल नेपाल नेटवर्कका संयोजक सुनिल कुमार शाक्यले जानकारी दिए।

किड्नी पिडित पत्रकार आशाकाजी महर्जनको सहयोगार्थ च्यारिटी बजार गर्न लागिएको र उक्त बजारमा सामानहरु बिक्री भएर जम्मा भएको सम्पूर्ण रकम पिडित महर्जनजुलाई हस्तान्तण गरिनेछ l नेपालमा पिडित असहायहरुको लागि भनेर जापानी नागरिकहरुले बजारको लागि समानहरु उपलब्ध गराईएको हो l

सामानहरु उपलब्ध गराई सहयोग गर्नु हुने सम्पूर्ण जापानीहरुलाई धन्यवाद दिंदै यस च्यारिटी बजार दयालु जापानीहरुको सहयोगले गर्दा नै यस कार्यक्रम गर्न सकिएको कुरा को जानकारी शाक्यज्युले जानकारि दिनु भयो l

प्रतिक्रिया