पोखरा प्रिमियर लिगको उद्‍घाटनमा मुख्यमन्त्री गुरुङको बलिङमा सभामुखको व्याटिङ, पोखरामा बढ्यो क्रिकेटको रौनक !

इनेप्लिज २०७५ कार्तिक ९ गते २१:३५ मा प्रकाशित

पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता आजबाट शुरु भएको छ । खेलको नेपाल सरकारका सभआमुख कृष्ण बहादुर महारा र गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले संयुक्त रुपमा गरेका छन् । एक अर्काले बलिङ र व्याटिङ गर्दै लिगको सुरुवात गरिएको हो । प्रतियोगितामा पोखरा पल्टन, चितवन राइनोज, विराटनगर टाइटन, काठमाडौं रोयल्स, बुटवल व्लास्टर्स र धनगढी व्लुज सहभागी छन् । प्रतियोगिताको विजेताले २७ लाख रुपैया जित्नेछ । घरेलु क्रिकेटमा यो राशी सर्वाधिक हो ।

उपविजेताले १० लाख हात पार्नेछ भने सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई सुजुकीको मोटरसाईकल प्रदान गरिनेछ । क्रिकेट प्रतियोगितामा तीनवटा मोटरसाइकल प्रदान गरिन लागेको पनि यो पहिलो पटक हो । पोखराको फेवाताल किनारमा आयोजित विशेष समारोहमा प्रतियोगितामा सहभागी सबै टोलीका मार्की खेलाडीले हिजो संयुक्त रुपमा ट्रफी सार्वजनिक थिए ।

प्रतिक्रिया