युगान्डामा दशै विशेष भेटघाट तथा टीका ग्रहण कार्यक्रम सम्पन्न

इनेप्लिज २०७५ कार्तिक ६ गते १६:५७ मा प्रकाशित

कार्तिक दुई गते तदनुसार १९ अक्टोबर २०१८ बिजयादशमी को अवशर पारी अफ्रिकी मुलुक युगान्डामा दशै बिशेष भेटघाट तथा टीका ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

गैर आवासीय नेपाली संघ, युगान्डा आयोजित उक्त दशै बिशेष कार्यक्रममा संघका उपाध्यक्ष बिनोद थापाको सभापतित्व रहेको थियो भने ४३ जनाको सहभागिता रहेको थियो । रास्ट्रीय गान बाट शुरु भएको सो कार्यक्रम मा सशक्त महिला श्रीमती बर्षा आचार्यले  स्वागत मन्तव्य दिदै कार्यक्रमका बिशेष आकर्षण प्रमुख अतिथि पुर्बी अफ्रीकाकै बिजनेस टाइकुन  डा. सुधिर रुपार्लियालाई आशन ग्रहण गराउनु भएको थियो ।

कार्यक्रममा मन्तव्य दिदै आफू नेपाल र नेपालिहरुलाइ अत्यन्तै माया गर्ने ब्यक्ति भएको जिक्र गर्दै ४ पटकको नेपाल भ्रमणमा आफुलाइ त्यहाँका हिमश्रीन्खला पशुपति दर्शन पोखराको मनमोहक रमणीय दृश्यले विशेष आकर्षण  गरेको  र भबिश्यमा फेरि फेरि पनि नेपाल भ्रमणको चाहना रहेको कुरा व्यक्त गर्नु भयो । 

मन्तव्य दिने क्रममा आफू नेपालि लोकगीतको फ्यान भएको र गाडिमा सवार भैरहदा नेपाली लोक गीत सुन्ने कुरा सम्म छुटाउनु भएन । हाल रुपार्लिया ग्रुपमा सत्तरिको हाराहारिमा नेपाली कार्यरत छन ।

प्रमुख अतिथीको हैसियतमा संघका पुर्ब अध्यक्ष रमेश कंडेलबाट टीका ग्रहण गर्दै नेपाली संस्कृति लाई ग्रहण गर्न पाउनु निकै भाग्यशाली ठानेको भन्दै डा. रुपार्लियाले जेष्ठ नागरिक पनि भएको हैसियतमा सम्पूर्ण नेपालिलाइ टीका लगाइदिनु भएको थियो 

यश कार्यक्रमलाई सफल पार्न संघका उपाध्यक्ष बिनोद थापा, कोशाध्यक्ष मन्जुल पाठक, युवा संयोजक तेजेन्द्र बिवश, संस्थापक सदश्य कल्पना अर्याल, महिला संयोजक तारा गिरि लगायतको विशेष योगदान रह्यो भने अध्यक्ष राजमणी भन्डारी ज्यु तथा महासचिव रमेश शर्माको बिशेष कारणवस युगान्डा बाहिर रहेकोले उपस्थित हुनसक्नु भएन यद्यपि पुर्ब आइ सि सि सदस्य श्री जिभनाथ पंगेनी ज्युको उपस्थिति भने रह्यो 

कोलोलो कम्पालामा अवस्थित ए इ आर लन्ज गार्डन एन्ड रेस्टुरेन्टमा भएको उक्त कार्यक्रम समग्रमा अत्यन्तै भब्य र सभ्य रुपमा सफल भएको बुझिएको छ ।

 

प्रतिक्रिया