अमेरिकामा कार्यस्थलमा परिवारका बारेमा सोधखोज नगर्नु नै राम्रो

विजय थापा २०७५ कार्तिक ६ गते १:४० मा प्रकाशित

बुढापाकाले भन्थे ” नजाने गाउँको बाटै नै नसोध्नु “ भने झै अमेरिकामा सकिन्छ भने काम गर्ने स्थानमा अरुका परिवार बारेमा चासो नराख्दा नै उत्तम हुने छ । अमेरिकामा कार्यस्थलमा निकै पछि निकै मिल्न थाले पछि मात्र बिदेशीहरुले आफ्ना निजि सम्पर्क संख्या दिन चाहन्छन । त्यो पनि भन्न सकिदैन । हामी जस्तो जो कसैलाई आफ्नो भ्रमण ध्वनि ( सेल फोन या मोवाईल ) सम्पर्क संख्या दिदैनन ।

साथै जति नै मिलेता पनि घर परिवार आदि ईत्यादीको बारेमा ज्यादा गहिराईमा जाने गर्दैनन् । र यसरी परिवार सन्तान बुवाआमा आदी इत्यादीको बारेमा हामी जस्तै गरि गाँठो फ़ुकाउदैन ।

र ,यस्ता बारेमा भरसक नसोध्नु नै राम्रो । यदि बिदेशीले आफ्नै सबै कुरा खोलेर कुरा गर्छ भने सुन्दा हुन्छ । यसरी मातापिता जीवन संगिनी आदी ईत्यादीको बारेमा सोध्ने चलनलाई अस्वभाविक मानिन्छ ।

यहि जन्मेका बिदेशीहरु संगै काम गर्ने भएता पनि अन्य चिजमा कुराकानी गर्न तयार हुन्छन । तर ज्यादा परिवारको बारेमा भने कुरा गर्न रुचाउदैनन । र,गर्ने चलन पनि हुदैन । तर सबै जना त्यस्ता भने चाही हुदैनन् । कोही कोही खुलेर र सबै कुरा भन्ने पनि हुन्छन । स्मरण रहोस कार्यस्थलका सहकर्मीहरु हाम्रा साथीहरु हैनन् ।

उनीहरु कामका मात्रका लागि साथीहरु हुन् । हामीले सोचेको,सुख र दुख या अन्य चिजमा साथ दिने साथीहरु भनेको पट्टकै हैन । यहाँ औसतमा कार्यस्थलमा सतही साथी बन्ने भएकोले अन्य कुराहरु गोप्य नै राख्न चाहन्छन् ।

हामीहरु पहिलो चिनारी मै घर ,पुर्खा घर ,परिवार ,मातापिता ,मामली आदी इत्यादी सोध्ने गरेता पनि हामीलाई स्वाभाविक लाग्दछ । तर यो कुरा र परिवार बारेमा ज्यादा सोध खोज गर्ने कोसिस गरेमा सम्बन्ध चिसिने पनि डर हुन्छ ।

तर यो कुरा र परिवार बारेमा ज्यादा सोध खोज गर्ने कोसिस गरेमा सम्बन्ध चिसिने पनि डर हुन्छ ।

कैयौ बर्ष देखि कार्यस्थलमा सगै काम गरेता पनि बुवा को हो ? आमा कहाँ हुनु हुन्छ ? पत्नी कहाँ छिन् ? सन्तान कति छ ? आदि इत्यादी सोध्ने चलन हुदैन । न सोध्ने भन्ने चाही हैन । औसतमा यस्ता कुराहरुमा अमेरिका आउने नया आगन्तुकहरुले ध्यान पुर्याउनु पर्छ ।

सबै जनामा यो लागु हुदैन । किनभने तपाईले पुरुष या महिला सहकर्मीलाई तपाईको पति कहा छन् या पत्नी कहाँ छन् भनेर सोध्नु भयो भने सम्बन्ध बिच्छेद यदि धेरै छ त्यो भन्दा तपाईलाई अप्ठ्यारो पर्छ । पारपाचुके गर्दा कति चोट खाएको छ या कसरी त्यो तोडिएको छ । तपाईले पति या पत्नी कहाँ हुनु हुन्छ भनेर सोधी दिदा झन् घाउँमा खोर्सानी छर्केको झैँ पनि हुन् सक्छ ।

अमेरिकामा बुवाको नाम सोध्ने चलन हुदैन । तर हामी बुवाको नाम सोधें गर्छौ । अमेरिकामा जागिरमा या अन्य ठाउँमा आमाको नाम सोधें चलन हुन्छ । बुवाको हो कहाँ थियो भन्न रुचाउदैनन । आमालाई ज्यादै माया गर्ने हुनाले र आमा प्रति निकै सद्भाव हुन्छन । तर बुवालाई माया नहुने भन्ने चाही हैन ।

अमेरिकामा कार्यस्थलमा सहकर्मीको पति या अर्को पत्नीको बारेमा खोतल्ने प्रयास गरिदैन ।

अमेरिकामा कार्यस्थलमा सहकर्मीको पति या अर्को पत्नीको बारेमा खोतल्ने प्रयास गरिदैन ।

यो पंक्तिकार एकै स्थानमा काम गरेको एक दशक भै सक्दा पनि सहकर्मीका परिवार या परिवार सदस्य बारेमा न सोधिएको छ न आफुलाई कसैले सोधेका छन् ? बिचित्रको देश । किनभने मानिस व्यस्त रहेको र काम मा नै ज्यादा ध्यान मग्न हुनाले होला शायद यस्ता कुरामा ध्यान नै जादैन ।

अमेरिकामा ज्यादा खट्ने र कमाउने ध्यान हुने भएकोले पारिवारिक लहरो या अरुका बिषयमा धेरै सोध खोज गर्ने चलन हुदैन । र अमेरिका पसेका नेपालीहरुले पनि यो कुरा सिकेका छन् । तीन पुस्ते सोध्ने चलन हुदैन । काममा दरखास्त दिदा पत्नी ,छोराछोरी आदी ईत्यादी बारेमा नसोध्ने भनें चाही हैन । तर कार्यस्थलमा सहकर्मी संग यस्ता कुराहरुमा समय खेर फाल्ने गरिदैन ।

यसरी पारिवारिक सोध खोज गर्ने समय पनि हुदैन ।

यसरी पारिवारिक सोध खोज गर्ने समय पनि हुदैन ।

कामको भार र थोरै समयको कारण शायद यस्ता कुराहरुमा जोड दिने चलन नभएको पनि हुन् सक्छ ।

बुढापाकाले भने झैँ ” न जाने गाउँको बाटै नसोध्नु” भने झैँ हामि अर्काको देशमा आफ्नो आर्थिक पक्ष बलियो बनाउन र भबिष्य निर्माण गर्न आएकोले हामीले यस्ता कुरामा समय खेर नफाल्नु नै उचित हुने छ ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया