महिलाहरु पुरुष भन्दा ज्यादा सामाजिक संजाल जाँच गर्ने

इनेप्लिज २०७५ कार्तिक ५ गते २३:४३ मा प्रकाशित

अमेरिकाको डिसी बाट संचालित एक सूचना कारोबार संजालले महिलाहरु पुरुष भन्दा ज्यादा सामाजिक संजालमा झुम्मिने र ज्यादा जाँच गर्ने तथ्यांक निकालेको छ ।

उक्त व्यवसायले निकालेको ज्ञापन अनुसार हरेक दिन ८६ प्रतिसत अमेरिकनहरु सामाजिक संजाल प्रयोग गर्ने बताएको छ । यसको साथै दिनभरिमा पुरुषले भन्दा महिलाले बारम्बार आफ्नो सामाजिक संजालहरु हेर्ने कुराको उल्लेख गरेको छ ।

तर वास्तवमा यो सबै कुरा सबै महिलामा भने लागु नहुने र पुरुषमा पनि त्यस्तो नहुने कुरा डब्लुटिओपी समाचारमा छ । अहिले सम्म कै सर्बाधिक चर्चित र प्रयोग गरिने सामाजिक संजालमा फेसबुक (मुहार पुस्तिका ) नै अगाडी रहेको बताएको छ । साथै सामाजिक संजालका मंचहरु बिशेष युट्युब तथा इन्सटाग्राम अत्यधिक रुपमा वृद्धि भै रहेको उल्लेख गरेको छ ।

सर्वेक्षण गरेका दुई तिहाई मध्येहरुले युट्युब र इन्सटाग्राम गत बर्ष भन्दा यस बर्ष ज्यादा प्रयोग गरेको कुरा चर्चा गरेको छ । जस मध्ये ५२ प्रतिसत मुहार पुस्तिका चलाउनेले उक्त जानकारी दिएका हुन ।

यसको अतिरिक्त ६७ प्रतिसत सामाजिक संजाल प्रयोगकर्ताहरुले मोबाइल एप्स( भ्रमण ध्वनि अनुप्रयोग ) को माध्यम बाट हेर्ने गरेका छन् । अहिलेको अत्यधिक सर्बाधिक सामाजिक संजाल प्रयोगगर्नेमा क्रमस फेसबुक( मुहार पुस्तिका ) ८२ प्रतिसत ,युट्युब ७५ प्रतिसत ,इन्सटाग्राम ५३ प्रतिसत ,स्न्याप च्याट ३९ प्रतिसत , पिनट्रेस्ट ३८ प्रतिसत तथा ट्वीटर ३६ प्रतिसत रहेको जनाएको छ ।

प्रतिक्रिया