दशैँ विशेष : मन रुवाउने लघु चलचित्र ”छोरी” सार्वजनिक [हेर्नुहोस भिडियो सहित्]

इनेप्लिज २०७५ कार्तिक ५ गते १०:५९ मा प्रकाशित
पिएनपिखबर, भक्तपुर  :  लामो समय देखि बाल मनोविज्ञानमा आधारित शैक्षिक डकुमेन्ट्रीमा काम गर्दै आएका घनश्याम तिमल्सिनाले दशैँको अवसरमा ‘छोरी’ नामक लघु चलचित्र दर्शकहरु माझ लिएर आएका छन्।  उक्त लघु चलचित्र पिएनपिमिडियाको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
 
यस दशैँ विशेष लघु चलचित्रमा गरिब र धनी वर्गको दशैमा परिवारभित्र बाल मस्तिष्कमा पर्ने प्रभावलाई चित्रण गरिएको छ। दशैँ धनीका लागि मिठो खाने, नयाँ कपडा लाउने चाड  रहेको र गरिबका लागि भने त्यो सबै पुरा गर्न नपाउँदाको पिडालाई प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
चलचित्रको मुख्य कलाकारहरुमा प्रतिमा राई, पद्दम पौडेल, अस्लम राना, रुपा चौलागाई, र सत्यादेवी थापा रहेका छन्।  
 
हेर्नुहोस भिडियो 

प्रतिक्रिया