न्यूह्यामसायरमा देवकोटा जयन्ती तथा अ. ने. सा.स.को बार्षिक साधारण सभा सम्पन्न !

इनेप्लिज २०७५ कार्तिक ४ गते ०:४६ मा प्रकाशित

अन्तराष्ट्रीय नेपाली साहित्य समाज न्यूह्यामसायरको आयोजनामा यही अक्टोवर २०, २०१८ मा न्यूह्यामसरको कंकडमा एक भव्य कार्यक्रम गरी संस्थाको पॉचौं साधारण सभा र ११०औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती संपन्न भएकोछ।

कार्यक्रममा विशिष्ट अतिथीको रूपमा गभर्नर कृष सुनुनु र सेनेटर लाउ डी एल्सेन्द्रोको समेत उपस्थिति रहेको थियो। उपस्थित विशिष्ट पॉहुनाहरूलाइ टोपी र फूलका गुच्छाले संमान गर्दै संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति कृष्ण कुमार गिरीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने संस्थाका सदस्य हरी कुमारी गुरूड॰ले विशिष्ट अतिथि र संपूर्ण अतिथिहरूलाइ खादा ओडाइ संमान गर्नु भएको थियो।

स्वागत मन्तब्य को क्रममा श्र्री गिरि ले भन्नु भयो संसारको सबै भन्दा ठुलो , सुन्दर र रंगी चंगी बगैचा रुपी यस देश मा नेपाली भाषा , साहित्य , कला -संस्कृति , र परम्परा लाइ स्थानीय सरकार र जान समुदाय संग जोड्न पाउनु एउटा ठुलो उपलब्धि हो भन्नु भयो।

कार्यक्रमलाइ संवोधन गर्दै महामहिम गभर्नर कृष सुनुनुले ऑफू सवै फूलहरूको मॉया गर्ने र सवैको कार्यक्रम मन परॉउने तर अँझै कविता ऑफूलाइ मन पर्ने वताउनु भएको थियो। त्यसैगरी गभर्नरले विजया दशमिको पनि टुइट मार्फ़त शुभकामना व्यक्त गर्नु भएको थियो। अर्का विशिष्ट व्यक्तित्व सेनेटर डि यल्सान्द्रोले पनि राम्रो कामको प्रसंसा गर्दै कार्यक्रमको सफलताको कामना गर्नु भएको थियो। त्यसैगरी नेपाली समाज न्यूह्यामसायरका अध्यक्ष सोम गुरूड॰ले विशिष्ट पॉहुनाहरूलाइ धन्यबाद दिनु भएको थियो। कार्यक्रममा कवि तुलसी आचार्य, इश्वरी भट्ट, राम चन्द्र भण्डारी, कृष्ण कुमार गिरी , पेमा क्षेवाड॰ शेर्पा हरूले ऑफ्ना रचना बॉचन गरेका थिए। बाल बालीकाहरू रितेश आचार्य, रेहा अधिकारी, हेमा ढुंगेल, गृष्मा र विकास खतिवडाले ऑफ्नो प्रतिभा नाचेर, गाएर, मादल, तबला वजाएर प्रदर्शन गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि एन आर एन यू यस ए का पूर्व अध्यक्ष एवं सल्लाहकार एवं आइ सी सी मानार्थ सदस्य शिवकुमार राइले कार्यक्रममा भाग लिने वाल वालीकाहरूलाइ उपहार प्रदान गर्दै अनेसासले गरेका कामको प्रसंसा गर्नु भएको थियो। अनेसासका केन्द्रीय सचिव लाल गोपाल सुवेदीले लक्ष्मी प्रसाद देवकोटाको जीवनीवारे छोटो टिप्पणि राख्दै मिठो छन्द वध्द कविता वॉचन गर्नु भएको थियो।

संस्थाका अध्यक्ष कृष्ण कुमार गिरीको सभापतित्वमा संचालित उक्त कार्यक्रममा पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य अग्नी पराजुली, गैर आवासीय नेपाली समाज न्यूह्यामसायरका अध्यक्ष डम्बर कडरिया, नेपाली समाज न्यूह्यामसायरका अध्यक्ष सोम गुरूड॰, जनजाती महासंघ न्यूह्यामसायरका अध्यक्ष सुन्दरी गुरूड॰, नेपाली भूटनीज कमिटीका संयोजक एवं संस्थाका सल्लाहकार टिका आचार्य , प्राध्यापक डा. रूद्र अर्याल, प्रधान संपादक तथा एन आर एन आइ सी सी भाषा तथा साहित्य उप समितिका सदस्य इश्वरी भट्ट, संस्थाका संरक्षक एवं लायन्स क्लवका अध्यक्ष ऊमेश कोइराला लगायतका व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो।त्यसैगरी वेस्टनका कवि सुशील नेपाल र टोरन्टोका कवि रवि मान सिंह वस्नेतले पनि ऑफ्ना रचना वॉचन गर्नु भएको थियो।

पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य अग्नि प्रसाद पराजुलीले च्याप्टर र केन्द्रको संवन्ध एवं अनेसासको प्रगतिको चर्चागर्नु भएको थियो। त्यसैगरी प्रधान संपादक एवं आइ सी सी भाषा साहित्य उप समिती सदस्य इश्वरी भट्टले संस्थाले स्थापना काल देखि नै राम्रा कार्यक्रम गर्दै आएको र अव प्रकाशन तिर जोड़ दिनु पर्ने बतॉउदै कार्यक्रममा सहभागि सवैलाइ धन्यबाद व्यक्त गर्नु भएको थियो।

अन्तमा सभा बिसर्जन गर्दै संस्था का अध्यक्छ ले अनेसास आज बढी सक्रिय र ससक्त भै आगामी दिनमा काम गर्दै जानेछ भन्दै संस्थाका आजीवन सदस्य ज्यु हरु र उपस्थित सम्पूर्ण सबै प्रति आभार प्रकट गर्नु भयो ।

कार्यक्रमको प्रारंभमा महासचिव तुलसी आचार्यले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष दर्पण किरॉत राइले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने सभसदहरूबाट दुवै प्रस्थावबरू एक मतले पारित गरेको थियो। कार्यक्रम संस्थाका महासचिव तुलसी आचार्यले संचालन गर्नु भएको थियो।

प्रतिक्रिया