कतारमा पनि भब्य रुपमा मनाइयो दशै

इनेप्लिज २०७५ कार्तिक ३ गते ११:५७ मा प्रकाशित

कतार ।नेपालीहरुको महान पर्व दशैं रोजगारीको शिलसिलामा कतारमा रहेका नेपालीहरुले पनि टिका र जमरा लगाएर सामुहिकरुमा मनाएका छन् ।

खस क्षत्री सेवा समाज कतारले आयोजना गरेको शुभकामना आदानप्रदान सहित सामुहिकरुपमा टिका ग्रहण कार्यक्रममा सहभागी भएर कतारमा रहेका नेपालीहरुले दशैं मनाएका हुन ।

खस क्षत्रीहरुले हरेक वर्ष विजया दशमीको घटस्थापनाको दिनलाई क्षत्री दिवसको रुपमा मनाउँदैं आएकोमा यस वर्षपनि विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा क्षत्री दिवस मनाउँदैं बिजया दशमी, सुभ दिपावली र छ्ठ पर्वको शुभकामना आदान प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दैं खस क्षत्री समाज कतारका संरक्षक टिबी कार्कीले बाध्यताले परदेशिय पनि आफ्नो संस्कार र संस्कृती सबैलाई प्यारो हुने भन्दैं परदेशिएका नेपालीहरु एक भएर आफ्ना मौलिक संस्कृतिहरुको संरक्षण गर्नुपर्ने बताए। देशका विभिन्न स्थानबाट विदेशिएका युवाहरु एक ठाउँ हुँदा आपसी एकता र सद्भाव अझै बढी हुने बताए ।

शालिमार दरवार रेष्टुरेन्टमा विन महोमुद दोहामा सम्पन्न कार्यक्रममा एनआरएनए एनसीसीका द्दितिय उपाध्यक्ष सुर्दशन भट्ट, प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोखरेल, नेपाली जनसम्पर्क समितिका महामन्त्री महोमद अजिज अली, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम वक्स मिया, गण्डकी प्रदेश समन्वय परिषदका संयोजक आश बहादुर गुरुङ, प्रदेश नम्बर ३ समन्वय परिषदका अध्यक्ष समिर केसी, फेवा सांस्कृतिक परिवारका सचिव सावित्री गिरी र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारका महासचिव लेख कार्की लगाएतले मन्तव्य राखेका थिए।

दाङ देउखुरी सेवा समाज र फेवा सांस्कृतिक परिवारले विषेश सहयोग गरेको कार्यक्रममा प्रशान्त परियार, साजना स्वणाकार, सन्तोष गिरी (माग्ने बुढा), अभिषेक धमला, विवस दुतराज, भरत के सी , बिनिता के सी र बिरेन्द्र सुनार लगाएतको सांगितीक प्रस्तुती रहेको थियो ।

कार्यक्रम समाजका कार्यवाहक अध्यक्ष विश्व बन्धु थापाको अध्यक्षता, प्रमुख सल्लहाकार रेशम बस्नेतको स्वागत र महासचिव रामजी खत्रीको सञ्चालनमा सम्पन्न भएको समाजका प्रवक्ता सन्तोष क्षत्रीले बताए ।

प्रतिक्रिया