नेपाल आईडल २ मा वाईल्ड कार्ड पाउने भाग्यामानी चेली, हेर्नुस् भिडियो कुराकानी (भिडियो सहित)

इनेप्लिज २०७५ कार्तिक २ गते १०:४६ मा प्रकाशित


नेपाल आईडल २ मा धरान अडिसन पार गर्दै अघि बढेकी जेस्मी उत्कृष्ठ ६० बाटै घर फर्किनु पर्यो । तर भाग्यमानिकै कारण हुनसक्छ उनीमा त्यो खुशी फेरी फर्केर आएको छ । अर्थात वाईल्ड कार्ड ईण्ट्रि मार्फत टप टेन प्रतिष्पर्धाको लागि बाहिरिएका मध्ये ६ जनामा जेस्मी पनि पर्न सफल भएकी छिन । यसैले उनको दशैँ भन्दा पनि महत्त्वपूर्ण नेपाल आईडल २ बनेको बताउछिन । बिहिबार एपिवान टेलिभिजनबाट नेपालि आईडल २ मा वाईल्ड कार्ड ईण्ट्रि हरुको प्रस्तुति संगै भोटिङ्ग पनि खुल्ला भएको छ ।

जस्को धेरै भोट प्राप्त हुन्छ, त्यो १ प्रतिष्पर्धी सिधै टप टेनमा प्रवेश पाउने भएकोले आफुलाई धेरैको साथ् चाहिएको जेस्मी बताउछिन । नेपालि आईडल २ ले दिएको यो सुनौलो मौकालाई नगुमाउन आफुले राम्रो प्रस्तुति दिएको उनि भन्छिन । पुर्व सुनसरीको ईटहरि घर भएकी जेस्मिलाई भोट गर्नको लागि मोबाईलको म्यासेज बक्समा गई १४ टाईप गरेर त्यसलाई ३१००९ मा म्यासेज पठाउनु पर्नेछ ।

त्यस्तै देश तथा बिदेशमा रहेका नेपालीहरुले अनलाईन भोडिङ्ग गर्न सक्नेछन । जस्को लागि आफ्नो मोबाईलको प्ले स्टोरमा गई ‘Respect and Rise’ सर्च गरि सो एपलाई डाउनलोड गर्नु पर्नेछ । डाउनलोड भएको उक्त एपलाई ओपन गरि जेस्मिको फोटो भएको ठाउमा क्लिक गरि उनलाई अनलाईन भोट गर्न सकिनेछ ।

प्रतिक्रिया