ग्लोबल सपना ग्रुपका डाईरेक्तर भुवन आधिकारीद्वारा ग्लोबल नेपाल सुपर स्टार अवार्ड अक्षय कोषलाई आर्थिक सहयोग

इनेप्लिज २०७५ कार्तिक २ गते ०:४९ मा प्रकाशित

टोकियो जापान निवासी ग्लोबल सपना ग्रुपका डाइरेक्टर भुवन अधिकारीद्वारा ग्लोबल नेपाल सुपर स्टार अवार्ड अक्षय कोषलाई आर्थिक सहयोग गर्ने भएको छ l

अधिकारीले आउँदो नोभेम्बरमा काठमाडौँमा घोषणा हुने ग्लोबल नेपाल सुपर स्टार अवार्ड कार्यक्रममा रु.एक लाखको सहयोग रकम हस्तान्तरण गर्ने भएको छ l

ग्लोबल नेपाल नेटवर्कको आह्वानमा नेपाल भाषा सिनेमाका कलाकारहरुलाई प्रोत्साहन स्वरुपअवार्ड प्रदान गर्न ३० लाख रुपैंयाको अक्षय कोष खडा हुन् लागेको हो lसुपरस्टार घोषणा भएको एक पुरुष र एक महिलालाई प्रत्येक वर्ष प्रदान गरिने उक्त रकम जम्मा जम्मी एक एक लाखको हुनेछ l

प्रतिक्रिया