४ बर्षिय बालिका माथी बलत्कारको प्रयास, ओठभरी घाउ नै घाउ

इनेप्लिज २०७५ असोज २८ गते २३:५३ मा प्रकाशित

पोखरा महानगरपालिका २५ याम्दीमा ४ बर्षिया बालिकालाई एक युवकले बलत्कार प्रयास गरेका छन् । याम्दी एक घरमा आमा बाबु सगँ बस्दै आएकी ४ बर्षिया बालिकालाई स्थानीय २५ बर्षिय युवकले बलत्कार प्रयास गरेका हुन् । मंगलबार घटना भए पनि बालिकाले आमालाई बुधबार मात्रै भनेकी थिइन् । बालिकालाई ज्वरो आएपछि बुधबार आमालाई भनेको छिमेकीले बताए । आरोपित युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानिय मधुकर पराजुलीका अनुसार पक्राउ पर्नेमा पक्राउ पर्नेमा याम्दीकै सुजन श्रेष्ठ हुन् । श्रेष्ठले ललाई फकाई एकान्तमा लगेर बालिकालाई अस्वभाविक क्रियाकलाप गरेको बताएकी छिन् ।उनको कृयाकलापबाट बालिकाको ओठमा घाउ परेको छ भने हन्हन्ती ज्वरो समेत आएको पारिवारिक स्रोतले बताएको छ । युवकले बुधवार पनि बालिकालाई फकाउने प्रयास गरेका थिए तर बालिकाको आमाले थाहा पाएपछि बालिकालाई उक्त युवकसँग जानबाट रोकेकी थिईन् ।यस्तो घटना लुकाउन नहुने भन्दै पराजुलीले सक्रियता देखाएपछि श्रेष्ठ पक्राउ परेका हुन् ।

बलात्कारको प्रयास गरेको कुरा अभियुक्तले स्वीकार गरेको बताइन्छ । बालिकाका परिवार लामो समयदेखि याम्दीमा भाडामा बस्दै आएका छन् भने आरोपी युवक त्यहाँकै स्थानिय हुन् ।

https://www.youtube.com/watch?v=dLv-f02vp50

प्रतिक्रिया