पोखराको जंगलभरी भेँडा च्याङ्ग्रा
रातको समय सुनसान जंगल छ एउटा च्याङ्गा आँखै अगाडी गायब भयो । दोर्जे लामा र उनका सहयोगीले जंगलमा यता उती हेरे, कतै फेला पारेनन् । नचिनेको ठाउँ खोज्न जाउँ भने अरु च्याङ्ग्रा पनि भाग्ने हो की भनेर कतै गएनन् । बिहान पोखराको सिमपानीजंगल छेउमा भेटीएका भेँडाच्याङ्ग्रा ब्यावसायी दोर्जै लामाले भने । दशैले सबैलाई छोएको छ । बिशेषत दशैमा धेरै व्यवपार हुने भनेको मासु नै हो । पोखरामा मुस्ताङका भेँडा च्याङ्ग्रा आईपुगेका छन् । सदाको झै टुँडिखेलमा राखिने भेँडाच्याङ्ग्रा यो पटक भने सिमपानी देखीयाम्दीको सडक छेउ र जंगलमा देखिन्छन् ।
गत बर्षमा भेँडाच्याङ्ग्रा व्यवसायीलाई कर नलिएको महानगरले यो पटक भने प्रति गोटा दिनको १५ रुपैया लगाएको छ । यो करले व्यवसायी सन्तुष्ट छैन । स्थानीय सरकाले दिनका दिन कर लिन आउनु त्यो पनि धम्कीको भाषा बोलेर लिएर जाने गरेको आरोप लगाए । महानगरले लिएको करबारे उनीहरुले खोलेरै बिरोध गरे ।
मुस्ताङबाट पोखरा आउन ७ दिन लागेको बताउँदै ब्यवसायीहरुले बाटोमा भेँडा च्याङ्ग्रा हराउने गरेको बताए । कस्ले लान्छ पत्तो नै पाईदैन, खोज्दा जाँदा कहि भेटिदैन एक व्यपारीले भने ।
हेरौं यो भिडियो ।
सलमान रुस्दीको स्वास्थ्य स्थिति सुधार हुदै ,वायु-प्रवाहक हटाईयो
पेन्सिल्भेनियाको सामुदायिक कार्यक्रमको भीडमा गाडीले ठक्कर दिँदा १ जनाको मृत्यु , १७ जना घाइते
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
प्रतिक्रिया