धुर्मुस–सुन्तली फाउण्डेशन कला, सचेतना, भौतिक संरचना निर्माण मार्फत जनसेवामा समर्पित सामाजिक संस्था हो । यसले कला, निर्माण र सचेतना मार्फत् नव नेपालको निर्माणमा बिभिन्न प्रभावकारी गतिबिधि गर्दै आएको छ ।
यसै सन्दर्भमा भुकम्प पछिको पुर्ननिर्माणका क्रममा काभ्रे जिल्लाको पहरी गाउंका भुकम्प पीडित २० परिवारका लागि भुकम्प प्रतिरोधी २० घर निर्माण, सिन्धुपाल्चोकको गिरानचौरको भुकम्प पिडित तामांङ गाउंमा ६६ आवासिय घर तथा महोत्तरीको बर्दिबास स्थित मुसहर बस्तीमा मानवता र सद्भावका लागि अपांग, बालमैत्री ५३ घरको एकिकृत नमुना मुसहर बस्ती निर्माण सम्पन्न गरिसकिएको छ ।
तद् प्रश्चात पनि उक्त बस्तीको संरक्षण र स्थानियका आर्थिक सम्वृद्धिका लागि बिभिन्न कार्यहरु तथा क्रियाकलापहरु यस फाउण्डेशनले गदैं आईरहेको छ ।
प्रतिक्रिया