म्याग्दी भ्रमण बर्ष २०७५ को अबसरमा ‘म्याग्दीको बयान’ बोलको गीत सार्वजनिक (भिडियो)

इनेप्लिज २०७५ असोज २४ गते ११:३८ मा प्रकाशित

काठमाडौँ, २४ असोज -म्याग्दी भ्रमण बर्ष २०७५ लाई सफल बनाउनको लागि ‘म्याग्दीको बयान’ बोलको गीत सार्वजनिक गरिएको छ ।म्याग्दीलाई पर्यटनको हिसाबले चिनाऊन थप जरुरी भएको हुदा यसै सेरोफेरोमा रहेर यस गीतलाई निर्माण गरिएको हो ।

म्याग्दीका युवा गीतकार विपिन पौडेलको उत्कृष्ट शब्द सृर्जना तथा संगीतमा ‘म्याग्दीको बयान’गीत तयार पारिएको हो ।गीतमा झलक बिरही र कृष्ण परियारको स्वर रहेको छ।गीतमा जिल्लाको विभिन्न पर्यटकीय स्थानलाई समावेस गरिएको छ ।

निकै सुन्दर तरिकाले निर्माण गरिएको भिडियोमा नायक राहुल के.सी र मोडल दिपाशा बिसिको अभिनय रहेको छ।भिडियोमा राजु के.सी.को छायाँकन तथा निर्देशन रहेको छ ।यस गीतलाई दिपाशा बिसिले नूत्य निर्देशन गरेकी हुन् ।भिडियोलाई अक्की शर्माले सम्पादन गरेका हुन् ।

म्याग्दी जिल्लाको विभिन्न पर्यटकीय स्थानलाई समावेस गरिएको यस भिडियोमा जिल्लाका विभिन्न प्रतिष्ठित व्यक्तिहरु तथा व्यवसायीहरुले आ आफ्नो ठाउँ बाट सक्दो सहयोग गर्ने प्रतिबद्ता जनाउनु भएको छ भने सम्पूर्ण म्याग्दी बासीले गीतलाई रुचाउने निर्देशक राजु के.सीले बताउनु भयो।

 

प्रतिक्रिया