गायक शिव परियारको दशैं तिहारमा फ्यानहरुलाई ‘सुनको माया’ उपहार

इनेप्लिज २०७५ असोज २४ गते ११:०२ मा प्रकाशित

नेपालीहरुको महान पर्व शुभ बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा चर्चित गायक शिव परियारले आफ्न फ्यानहरुको लागि ‘सुनको माया’ बोलको गीत उपहार दिएका छन् ।लोक रक जनराको गीत आज आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्दै उनले यो गीत सबै आफ्ना शुभचिन्तकहरुको लागि उपहार स्वरुप रिलिज गरिएको बताएका छन् ।

आफ्नो ११ औं एल्बम ‘शिवालय’ मा समावेश ‘सुनको माया’ बोलको गीत आज रिलिज गरिएको हो । सार्वजनिक ‘सुनको माया’ बोलको गीत शिव परियारको अहिले सम्मको गीत भन्दा निकै फरक रहेको गायकले शिवले बताएका छन् । डान्सिङ फ्लेवरको यो गीतबाट दर्शक स्रोताहरुले फरक स्वाद प्राप्त गर्ने गायक शिवको भनाई रहे छ ।

सार्वजनिक गीतमा शिव परियारको स्वर र संगीत रहेको छ भने श्वेता मैनालीको शब्द रहेको छ । गीतमा मन्जिल बिक्रम केसीको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा चर्चित मोडल तथा अभिनेत्री एलिसा राई र अनुराग ठकुरीको अभिनय रहेको छ । गीत जस्तै म्युजिक भिडियो पनि निकै रमाइलो बनेको छ ।

बिकास सुबेदी निर्देशित भिडियोमा अनिल कुमार मानन्धरको सिनेमाटोग्राफी रहेको छ ।गीतको भिडियोलाई सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

 

प्रतिक्रिया