पछिल्लो समय देशमा बलत्कार र हत्याका घटनाहरु भैरहेका छन् । यस्ता प्रकृतिका घटनानाई निरुत्साहित गर्न प्रशासन लागि परिरहेको छ तर पनि यस्तो घटनाहरु भैरहेका छन् । पश्चिमाञ्चल इन्जिनियरिङ कलेजका सौरज पौडेल भने नो रेप नो मर्डरको नारा लिएर काड्माण्डौं देखी पोखरा पैदल यात्रामा लागेका छन् ।
हामी बिकास निर्माणको कार्य त गर्छौ तर समयमा सम्पन्न गर्दैनौं । समयमा सम्पन्न गर्न नसक्दा एकले होईन लाखौंले दुःख पाउँछौं । दुःख पनि एक पटक होईन हजारौं पटक । कुरा हो पोखरा लेखनाथ भित्र पर्ने लामे आहाल देखी कोत्रे सम्म रहेको सडकको । लामे आहाल देखीको कोत्रे सम्मको सडक बिस्तारमा भएको ढिलासुस्तीले अहिले हजारौं यात्रले जोखीमा मात्र मोलेका छैनन् स्वास्थ्यमा समेत खेलबाड गरिहेका छन् । सडक बन्न लागेको महिनौ भयो । दिनानदिन यात्रा गर्ने यात्रु धुलै धुलो र खाल्डा खुल्डीको बाटो लामै हिड्न पर्छ ।
पोखरा छिर्ने मुख्य नाका मानिएको पृथ्वीराजमार्गको कोत्रेबाट नै सडकको बेहाल अवस्था देखा पर्छ । कोत्रे नजिकै बाट बिग्रिएको सडक तल्लो गगनगौडा नआएसम्म अत्यान्त जोखिम छ । सडकमा खाल्टा खुल्टी र धुलेले गर्दा कति पय अवस्थामा पर्यटक बस समेत फसेका छन् । यो सडकको स्तरोन्नती कहिले सम्म होला ?
प्रतिक्रिया