मेलिना र गोविन्दको आना सुक्कामा अलिशा र पुस्कर

इनेप्लिज २०७५ असोज २३ गते ३:३९ मा प्रकाशित

 

काठमाडौं : मेलिना राई र गोविन्द चेमजुङको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको ‘आना र सुक्का’ बोलको गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ। राम जन सुब्बाको शब्द समावेश उक्त गीतलाई शहास शाक्यले एरेन्ज गरेका छन्।

शान थापाको निर्देशनमा तयार भएको उक्त भिडियोमा अलिशा राई र पुस्कर दाहाल फिचरिङ छन्। भिडियोमा राजिव समरको नृत्य निर्देशक रहेको छ। अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। भिडियोमा सुरेश काफ्लेले ड्रेन चलाएका छन्।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया