दसैंको मुखमा प्रशन्नाको सांगीतक कोशेली

इनेप्लिज २०७५ असोज २३ गते ३:२९ मा प्रकाशित

काठमान्डौ-दसैंको पूर्व संध्यामा उदियमान गायिका प्रशन्ना पाण्डे नयाँ सांगीतिक कोशेली लिएर प्रस्तुत भएकी छिन् । नेपाली गजल गायनमा स्थापित बरिष्ठ गायक आनन्द कार्कीसँगको युगल गायनमा उनी प्रस्तुत भएकी हुन् ।

आधुनिक, पप र ट्राभल गरी दर्जनौ गीतमा आफ्नो स्वरको जादु देखाइसकेकी गायिका पाण्डे लाखौँ दर्सक स्रोताको मनमा बस्न सफल छन् । हालै नेशनल क्यापिटल अवार्डबाट सम्मानित समेत भएकी उनले दसैंको अवसरमा ‘फूल मा देख्छु तिमि नै, जुन मा देख्छु तिमि नै’ बोलको गीत कोशेली ल्याएकी हुन् ।

गोबिन्द प्रसाद उपाध्यायको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा संगीत संयोजन भने विकाश वाइवाले गरेका छन् । म्युजिक भिडियोमा नयाँ मोडेल कुमार रेग्मीलाई अभिनयमा चर्चित मोडेल रिमा बिश्वकर्माले साथ दिएकी छिन् । भिडियोको निर्देशन युवा नेर्देशक निकेश खड्काले गरेका हुन् भने भिडियो सम्पादन बिकाश धमलाले गरेका छन्

गायिका पाण्डेले हामी सङको छोटो कुराकानीमा वहाले गीत स्रोता दर्शकले सारै मन पराउने र माया दिनु हुनेछ भन्ने कुरामा बिस्वस्त रहेको जानकारी दिनु भयो।
मेरो र गीतकार उपाध्यायको यो तेस्रो सहकार्यहो। हामी थप सहकार्यको तयारीमा रहेका छौ-पाण्डेले हामि सङको कुराकानीमा ब्य्क्त गर्नुभयो।

प्रतिक्रिया