पोर्टल्याण्डमा साहित्य कार्यक्रममको आयोजना

इनेप्लिज २०७५ असोज २२ गते २२:१० मा प्रकाशित

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज र नेपाली समाज ओरेगनको संयुक्त आयोजनामा आइतबार, अक्टोबर ७ का दिन पोर्टल्याण्ड, ओरेगनमा एक साहित्य कार्यक्रममको आयोजना भयो। उक्त कार्यक्रममा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका नवनियुक्त अध्यक्ष्य राधेश्याम लेकालीले नेपाली साहित्यलाई विश्व भरि नै नेपाली समुदायका माझ आफुलाई सधै भरि छरी रहन मन लागेको बताउनु भयो र यसको लागि करिब ४० राष्ट्रमा रहेका नेपालीहरुलाइ समेटेर अन्तर राष्ट्रिय नेपाली साहित्य समाजले काम गरिरहेको बताउनु भयो।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका बरिष्ठ सल्लाहकार प्रा. डाक्टर खगेन्द्र लुइँटेलले नेपाली भाषाका बिषयमा कुनै विवाद हुन् नहुने र यसको नियम अनुसार सबैले चल्नु पर्ने कुरामा जोड दिनु भयो सो कार्यक्रममा वाशिंगटन राज्यका गभर्नरका लागि एशिया प्रसान्त क्षेत्रको कमिसनर मोहन गुरुङ्गले नेपाली भाषाको संरक्षण नभई नेपाली साहित्य बचाउन नसकिने भएकोले सबैले बिदेशमा बसेर पनि नेपाली भाषालाई कसरी बचाउन सकिन्छ त्यो सोच्नु पर्ने बताउनु भयो । उक्त कार्यक्रममा दिलुराज थापा, नवीना शाक्य, अन्जली बज्राचार्य र कुसुमाबती बज्राचार्यले कविता बाचन गर्नु भएको थियो भने दया शाक्यले लघु कथा बाचन गर्नु भयो। कार्यक्रममा सभापतिको आशनबाट नेपाली समाज ओरेगनका अध्यक्ष्य श्री भरत बाँस्कोटाले भाषा भनेको साहित्यको आमा भएकोले नेपाली समाज ।ले नेपाली भाषालाई जोगाइ राख्न पहल गरिरहेको बताउनु भयो । उक्त साहित्य कार्यक्रमको आयोजना नेपाली समाज ओरेगनका पूर्व अध्यक्ष्य तथा बर्तमान सल्लाहकार दया शाक्यको संयोजकत्वमा भएको थियो।

भरत बाँस्कोटा
अध्यक्ष्य, नेपाली समाज ओरेगन

पोर्टल्याण्ड, ओरेगन

प्रतिक्रिया