किरियापुत्री भवन निर्माणका लागि सहयोग

इनेप्लिज २०७५ असोज २२ गते १०:५२ मा प्रकाशित

तनहुँ, दमौली ।
व्यास–३ स्थित व्यास गुफा क्षेत्रमा निर्माण भइरहेको किरियापुत्री भवनका लागि काठमाडौं महानगरपालिका–४ निवासी मुकुन्द प्रसाद तिमिल्सेनाले २५ हजार १ सय रुपैयाँ सहयोग गरेका छन् ।

तिमिल्सिनाले उक्त रकम किरियापुत्री भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई आइएमई मार्फत् सहयोग गरेका छन् । तिमिल्सिनाले किरियापुत्री भवन निर्माणका लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

समितिका अध्यक्ष लम्सालले किरियापुत्री भवनको निर्माण कार्य सम्पन्न गर्नका लागि समितिले सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेको उल्लेख गर्दै हालसम्म सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

व्यास–३ स्थित व्यास गुफा क्षेत्रको पूर्वतर्फ निर्माणाधीन ८ कोठे उक्त भवन ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने समितिले जनाएको छ ।

व्यास नगरपालिकाको ८० प्रतिशत र बाँकी स्थानीय लागत सहभागितामा उक्त भवनको निर्माण कार्य सम्पन्न गरिने बताइएको छ ।

प्रतिक्रिया