नेपालकै पहिलो घटना : कुकुर कुट्दा काभ्रेका दुई युवाले भोग्ने भए ४ महिना जेल

इनेप्लिज २०७५ भदौ ३० गते १:४४ मा प्रकाशित

काभ्रे  :  नेपालमै पहिलोपटक कुकुर कुट्दा बनेपाका दुई युवा जेल परेसँगै मुद्धा चलाइएको छ । बनेपा नगरपालिका वडा नम्बर ७ का संबिधानबहादुर जोशीको घरपालुवा कुकुरलाई कुटेलगत्तै खुकुरी देखाएर परिवारजनलाई धम्कि दिएपछि पिडित परिवारले इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दर्ता गराएको हो ।

खानीखोला गाउँपालिका ७ घर भई हाल बनेपा बस्दै आएका १९ बर्षीय सुरेश ब्लोन र धुलिखेल १ का २८ बर्षीय राज लामालाई नयाँ मुलुकी अपराध संहिता अनुसार मुद्धा चलाइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी उपरिक्षक सुनिल जंग शाहले जानकारी दिनुभयो । कानुन अनुसार उनीहरुलाई ३-४ महिनासम्म जेल सजाय हुने व्यवस्था भएको उहाँले बताउनुभयो। आफ्नै परिवारको सदस्यलाई जसरी माया दिएर पालेको कुकुरलाई निर्घात कुटपिट गरेको कारण प्रहरीमा उजुरी दिन परेको जोशीले बताए।

घरमा कोहि नभएको अवस्थामा साझको समयमा परिवारको सबै सदस्य भोजमा गएको मौका पारि कुकुरलाई रड र ढुंगाले हानि घाइते बनाएको पिडित संबिधानबहादुर जोशीले बताए। घाइते कुकुरलाई उपचारार्थ जिल्ला पशु सेवा कार्यालय धुलिखेलमा खुट्टाको प्लाष्टर गर्न लगिएतापनि प्लाष्टर हुन नसकेको तर नदुख्ने उपचार भने बनेपा भेट सेन्टरबाट दिइरहेको उनले जानकारी दिए।

व्यक्तिगत रिसिवी केहि नभएतापनि परिवारजनलाई धम्कि दिएको हुनाले परिवारको सुरक्षाको कारण उजुरी दिन बाध्य भएको पिडित जोशी बताउछन। पिडित परिवार भने कुनै पनि हालतमा सहमतिमा जना नसकिने बताउछन। आक्रमणकारी दुई युवाले माफी मागेर आइन्दा घरपरिवार, पशु लगायत सम्पत्तिको नोक्सान हुदैन भनि अन्यथा सजाय भोग्न तयार भनेको अवस्थामा मात्र सहमति हुन सक्ने तर यस क्षेत्र छोडेर अन्यत्र बसाई सर्नु पर्ने माग राखेका छन।

प्रतिक्रिया