बसुन्धरालाई लाईफटाईम, भुवनलाई सम्मान पत्रकारद्धय सामिप्य र श्रीधरलाई पुरस्कार

इनेप्लिज २०७५ भदौ २९ गते २१:१२ मा प्रकाशित

काठमाडौं । आगामी आईतबार जापानको टोकियोमा सम्पन्न हुन गईरहेको सुर्य ईनटरनेशनल अवार्ड–२०१८ मा नेपाली फिल्म क्षेत्रमा निरन्तर लाग्दै आईरहेका ४ जना कलाकार तथा पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्न लागिएको हो । अवार्ड समारोहमा ३ दशक भन्दा पनि बढि समय फिल्म क्षेत्रमा निरन्तर क्रियाशिल रहनुभएकी बरिष्ठ चलचित्रकर्मी तथा नेपालको पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई सुर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८ बाट सम्मान गर्न लागिएको हो ।

यस्तै तीन दशक देखी लगातार फिल्म क्षेत्रमा क्रियाशिल रहँदै फिल्म क्षेत्रलाई योगदान पुराउनु भएका सदावहार नायक भुवन केसीलाई सुर्य कलाकारिता सम्मान–२०१८ बाट सम्मान गर्न लागिएको आयोजक संस्था सुर्य कर्पोरेशनका अध्यक्ष बासुदेव लामिछानेले बताएका छन् ।

यस्तै देढ दशकदेखी निरन्तर चलचित्र पत्रकारितामा कलम चलाउँदै समग्र चलचित्र क्षेत्रको परिवर्तन विकासको लागि लागिरहनुभएका पत्रकार समिप्य राज तिमल्सेनालाई सुर्य चलचित्र पत्रकारिता पुरस्कार–२०१८ बाट पुरस्कृत गर्न लागिएको हो ।  एक दशक भन्दा लामो समय देखी क्यामराको माध्यमबाट नेपाली चलचित्र क्षेत्रको वास्तविकतालाई प्रस्तुत गर्दै आईरहनुभएका फोटो पत्रकार श्रीधर पौडेललाई सुर्य फोटो पत्रकारिता पुरस्कार–२०१८ बाट पुरस्कृत गर्न लागिएको हो ।

सम्मान र पुरस्कार वितरण कार्यक्रम जापानको टोकियोमा अवस्थित नाकानो जेरो हलमा आगामी आईतावार अवार्ड समारेहमा प्रदान गरिनेछ । कलाकारहरुको कामको मुल्याङ्कन तथा उर्जालाई साथ र सहयोग पुग्ने गरि अवार्ड समोरोह आयोजना गरेको आयोजकले कलाकार र पत्रकारलाई पनि हौसला प्रदानको लागि सम्मान र पुरस्कार कार्यक्रम जोडिएको बासुदेव लामिछानेले बताएका छन् । समारोहमा फिल्मको ६ विधा र गायनका ६ विधा गरि १२ विधामा अवार्ड वितरण गरिनेछ । पर्यटन प्रवद्र्धन, कला संस्कृतिको संरक्षण र जापानमा निरन्तर नेपाली फिल्म प्रदर्शनलाई प्रभावकारी बनाउन सुर्य ईन्टरनेशनल अवार्ड आयोजना गर्न लागिएको बासुदेव लामिछानेले बताएका हुन् । अवार्ड समारोहमा साँस्कृतिक प्रस्तुतीहरु सहितको भव्य कार्यक्रम पनि हुनेछ । जसको लागि नेपालबाट शुक्रवार ४ दर्जन बढि कलाकारहरु जापान लाग्दैछन् ।

प्रतिक्रिया