ईनासले डिसीमा वरिष्ठ चलचित्र निर्देशक यादव खरेल तथा वरिष्ठ अभिनेता निर शाहलाई सम्मान गर्ने

इनेप्लिज २०७५ भदौ २९ गते १०:४८ मा प्रकाशित

विजय थापा ,सेप्टेम्बर १४ ,अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)अमेरिकाले डिसीमा वरिष्ठ चलचित्र निर्देशक यादव खरेल तथा वरिष्ठ अभिनेता निर शाहलाई सम्मान गर्ने भएको छ । दुवै जना अमेरिकाको भ्रमणमा रहनु भएको अवसरमा चलचित्र जगतका हस्तीहरुलिई सम्मान गर्न लागेको ईनास अमेरिकाले जानकारी गराएको छ ।

संस्थाका पदाधिकारीहरुको हालसालै बसेको बैठकले उक्त निर्णय गरेको हो । आगमी सेप्टेम्बर २० तारिख बिहिबार साँझ भर्जिनियामा सम्मान कार्यक्रम गर्न लागेको हो । भर्जिनियाको आस बर्न शहरमा कार्यक्रम गर्ने तैयारी भै रहेको ईनासका केन्द्रिय उपाध्यक्ष वरिष्ठ गायक मधु छेत्रीले बताउनु भएको छ ।

यसै गरि डिसी क्षेत्रमा बसोबास गर्ने नेपाली समुदाय सदस्य तर्थ संघ/संस्थाका पदाधिकारीहरुलाई सम्मान कार्यक्रममा उपस्थितिको लागि ईनास अमेरिकाका अध्यक्ष आनन्दु लामाले सबैलाई आब्हान गरेका छन् । कार्यक्रम एवरेस्ट किचेन ( चमेना गृह) मा हुने छ । ईनासले कला संस्कृतिको जगेर्ना गर्दै जिउदा कलाकारलाई सम्मान गर्ने कुरामा सदैव जोड दिदै आएको छ ।

जिउदा श्रस्टालाई सम्मान गरौ भन्ने मूल नारा बोकेको ईनासले खरेल तथा शाहलाई सम्मान गर्ने छ । अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाले बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया