सेती नदी थुनिदाँ पोखरामा बन्यो बिशाल ताल | मध्यरातमा भागाभाग | नेपाल आर्मीले यसरी उद्दार गर्यो

इनेप्लिज २०७५ भदौ २८ गते २:१५ मा प्रकाशित
निरन्तरको बर्षाले पोखराका मुख्य तथा खहरे खोलाहरुमा पानीको बहाव वढेको छ । खासगरी सेती र फुस्रे खोलामा पानीको बहाव बढेको प्रहरीले जनाएको छ ।पोखराको रामघाटमा पानी जमेर ताल बनेको छ । प्रहरीले सचेत रहन आग्रह गरेको छ । ठूलो पानी परेपछि त्यसको भार रामघाटमा बढी पर्छ । बर्षाले हालसम्म अप्रिय क्षति भएको छैन । अहिलेसम्म कुनैपनि सूचना नआएको कास्की प्रहरीले जनाएको छ ।
रामघाटसँगै फेवातालमा पनि लेदो पसेको छ । जलाधारका खोलाबाट बगेको लेदोका कारण फेवातालको पानी धमिलिएको छ । कतै कतै सामान्य पहिरो झरेको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया