कलाकार कृष्ण सापकोटाको पुस्तक “पहेंलो सिन्दुर’ बजारमा छिट्टै आउदै “

इनेप्लिज २०७५ भदौ २७ गते १:११ मा प्रकाशित

कलाकार कृष्ण सापकोटाको पुस्तक ‘पहेंलो सिन्दुर’ छिट्टै बजारमा आउने भएको छ । स्विजरल्याण्डमा लामो समय देखि बसोबास गर्दै आएका कलाकार एव लेखक कृष्ण सापकोटाले एउटा नयाँ पुस्तक ‘पहेलाे सिन्दूर’ बजारमा ल्याउन लागेका हुन् ।

रेडियो नेपालमा वासुदेव मुनालको बाल कार्यक्रमबाट बाल गीत गाउन थालेका कलाकार कृष्ण सापकोटा एक परिचित नाम हो । सापकोटाले थुप्रै टेलि श्रीखला तथा चलचित्रमा अभिनय गरेका छन् ।

मुलुक बाहिर रहेता पनि उनि कला संस्कृती जगेर्ना गर्न सदैव लागि परि रहेका छन् । सापकोटाले नेपाली मर्म भन्ने गीति एल्बम पनि निर्माण एव आफै अभिनय पनि गरेका छन् ।

उनले स्विज स्विस चलचित्रहरुमा समेत आफ्नो अभिनय देखाउन सफल भएका छन् । विगत २४ वर्ष देखि स्विजरल्याण्डको जुरिसमा मा बस्दै आएका सापकोटाको नेपाल घर चन्द्रागिरि नगरपालिका बलम्बु चुनदेबिमा रहेको छ ।

सामाजिक कार्य सँगै गीत लेखनमा उत्तिकै उनको रुचि रहेको छ। सापकोटा अन्तराष्ट्रिय कलाकार मंच स्विजरल्याण्डका अध्यक्ष सापकोटा युरोपमा नेपाली सिनेमाको बजार बिस्तारको लागि पनि विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया