५४ बर्षिया गोमा कक्षा ४ मा, परिवारका सदस्य अझै छैनन् खुसि

इनेप्लिज २०७५ भदौ २६ गते ११:०९ मा प्रकाशित

पोखरा १८ बस्ने ५४ बर्षीय गोमा पराजुली अहिले कक्षा ४ मा अध्यन गर्ने उनले आफ्नो बाल्यकालमास्कुल देख्न पाइनन | आफ्ना बाबाले छोरालाइ मात्र स्कुल पढाउने र छोरीले पढ्नु पर्दैन अर्काको घर जानेजात भनेर स्कुल नपठाएकै कारण पढ्न नपाएकी पराजुली अहिले आफ्नो पढ्ने चाहना पुरा गर्दैछिन | २०७४ सालमा कक्षा १ मा भर्ना भएर स्कुल पढ्न सुरु गरेकी गोमा पहिलो महिना १ मै पढिन | त्यस पछिउनिलाइ ३ कक्षामा पढ्ने सल्लाह दिईयो | सुरुका दिनमा स्कुल जाँदा समाजले अर्कै तरिकाले हेर्थ्योउनलाई तर उनले पढ्न भने छोडिनन |

२ छोरा र २ बुहारी अमेरिका छन् | आफु एक्लै घर बस्ने र दिनभर कहाँ जाने के गर्ने भन्ने सोच्दा सोच्दैगोमाको केहि समय बित्यो | साथी भाइ संग घुम्ने उनको बानि थिएन | घरमा बसेर गर्ने काम नै छैन | अनिउनले आफ्नो बालककालको अधुरो सपना पुरा गर्न स्कुल पढ्ने निधो गरिन | सुरुमा त सबैले अबबुढेसकालमा स्कुल गएर पढेर के गर्न खोजेको हो ? भनेर सबैले मजाक पनि गरे तर उनि पढेर केहि गर्नेभन्दा पनि ज्ञान लिनु , बिद्या आर्जन गर्न , शिक्षीत हुन उमेरले छेक्दैन भनेर स्कुल भर्ना भईन | सुरुवातकादिनमा स्कुल आउदा सबैले अर्कै नजरले हेर्ने स्कुलका बच्चाहरुले पनि जिस्काउने र स्कुलको पर्खाल बाटसबैले चियाउने गर्दथे |

गोमालाई आफ्ना पतिको निदन पछि व्यापार गर्ने बेलामा हिसाब किताब गर्नकै लागि समस्या पर्यो | आफ्ना दुखका दिन सम्झिदै उनि आफु नपढेको र हिसाब गर्न नजान्ने भएपछी अरुलाई नै बोलाएरहिसाब गर्नुपर्ने बाध्यता परेको गुनासो गर्छिन | कठिन परिस्थितिमा पनि अरुको भरमा ब्यापारकोहिसाबकिताब गरेर आफ्ना छोराहरुलाई पढाउन सफल भएको उनको भनाइ छ |

स्कुलमा उनि पढाई लेखाइ मा अब्बल छिन | उनलाई पढाउने शिक्षक शिक्षिका उनको पढाई देखेर दङ्गपर्ने गर्छन | सुरुमा त उनि स्कुल जाँदा आफ्ना बाल बच्चा भर्ना गर्न आउनु भएको होला भन्ने सोचेकाउनका स्कुल का शिक्षकहरु पछि आफ्नै लागि हो भन्दा भने अचम्ममा परे | दुइ चार दिनको रहर मात्रहोला भन्ने सोचेका थियौ तर उनको पढाई प्रतिको रुचिले अहिले हामीलाई नै हौस्याएको छ |

गोमा पराजुली एकल महिला पनि हुन | उनका श्रीमान सरकारी जागिरे थिए | श्रीमानको निदन पछि दुइछोरा पढाउन उनलाई निकै गार्हो भयो | तर पनि उनले आफ्ना छोराहरुलाई राम्रो शिक्षा दिईन | उनकाजेठा छोरा नेपालमा डाँफे बिमान बनाउने पहिलो व्यक्ति हुन | कान्छा छोरा इन्जीनियर हुन | उनीहरुआफ्नै परिवारका साथ् अमेरिका मा बस्छन | गोमाले आफ्ना छोराहरुलाई शिक्षा दिने कुरामा कुनै कसरराखिनन तर उनका छोराहरु आमाको अहिलेको पढ्ने चाहना बाट खुसि छैनन |

शिक्षालाइ उमेरले छेक्दैन भन्ने एउटा गतिलो नमुना बन्न सफल भएकी छिन गोमा पराजुली | आजभोलिउनलाई देखेर धेरै महिलाको शिक्षामा आकर्षण बढेको छ | पढ्नु को उदेश्य रोजगारी हुनु मात्र नभईआफु शिक्षित हुनु र समाज परिवर्तन गर्नका लागि भएको उनको दाबी छ | जसरि गोमा पराजुली शिक्षितहुनकै लागि स्कुल जादै छिन त्यसरी नै अन्य नेपाली महिलाहरु पनि स्कुल जाने र आफुलाई चाहिनेआवश्यक ज्ञान लिने हो भने महिला अधिकार महिला हिंसा र महिला लाइ गरिने तल्लो व्यवहार बाट बच्नपुरुषको सहारा लिनु पर्ने थिएन कि ?

https://www.youtube.com/watch?v=Olzz9zk2amY

प्रतिक्रिया