तिज फेसन शो तथा म्युजिकल ईभेण्ट भब्यताको साथ सम्पन्न

इनेप्लिज २०७५ भदौ २५ गते २१:२० मा प्रकाशित


काठमाडौँ : एल एण्ड एन मोडल एजेन्सी प्रालिको आयोजनामा सम्पन्न भएको तिज फेशन शो तथाम्युजिकल ईभेण्टको भब्यताको साथ सम्पन्न भएको छ l प्रमुख अतिथि संचारकर्मी,कलाकार तथासमाजसेवी सुर्य चन्द र अभिनेता रमित ढुंगानाको उपस्थितिमा सम्पन्न फेसन शो मा मोडल कौशिकप्रसाई, अभिनेता नयन डिसी, मोडल संजय राजविक्रम, मोडल जेम्स बिसी लगायतका अन्यसेलिब्रेटीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो l

तिज फेसन शोमा फेसन डिजाइनर रश्मि बस्नेत, प्रमिला डंगोल, अनिल प्रधान, स्वीकृति पोखरेल, अनुशिल्पकार तथा एलभीडी एण्ड लाइभ अप डेनिमका आकर्षक ड्रेसहरु प्रस्तुत गरिएको थियो l

गायिका बुनु राइ मानन्धर, गायक रमेश श्रेष्ठ मेलोडी, गायक कर्णराज गिरि, गायिका शर्मिला श्रेष्ठ डान्सरगङ्गा जमुना खड्की, मारिया कार्की लगायतले उपस्थित भिड तथा दर्शकलाई मनोरंजन दिएका थिए l मोडल तथा कोरियोग्राफर नितेन्द्र कर्णले कोरियोग्राफी गरेको उक्त फेसन शोमा २३ जना मोडलहरुलेर्याम्पमा हिडेका थिए l

एल एण्ड एन मोडल एजेन्सी प्रालिको सी ई ओ लक्ष्मी श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको तिज फेसन शोतथा म्युजिकल ईभेण्टमा ज्योति खड्काले कार्यक्रम संचालन गरेकी थिइन् l

प्रतिक्रिया