बेगनासतालमा डुङ्गा डुब्दा सबैले मनथामेर हेर्नुहोला हेर्दाहेर्दै यसरी डुब्यो डुङ्गा

इनेप्लिज २०७५ भदौ २३ गते १९:०१ मा प्रकाशित

पोखराको बेगनास ताल पारी दरखान जान सवाररत डुंगा बेगनास तालमा डुब्दा दुई जनाको मृत्यु भएको छ । बेगनास तालको लिब्दी टुडँमा १० जना सबार डुंगा पल्टिदाँ २ जना महिलाको मृत्यु भएको छ, भने ६ जना बेपत्ता छन् । तीन जनाको उद्दार भएको छ ।

उद्दारपछि उपचारको लागि अस्पताल पुर्याईएकी तनहुँकी ३२ वर्षिय जमुना कडेंल र नवलपरासीकी ५१ वर्षिया कृष्णकुमारी कडेंल (बजगाई) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनलाई उद्दारपछि लेखनाथ लायन्स सामुदायीक अस्पतालमा उपचारको लागि पुर्याइएको थियो । १७ वर्षकी मनिष कँडेल, ४ वर्षको रञ्जित गैरे, ५ वर्षिय प्राचीन पौडेल, ६ वर्षिय शंकर खनाल, ८ वर्षिय शिव खनाल र ३२ वर्षिय रवी खनाल तालमा बेपत्ता छन् ।

रबी खनाल नेपाली सेनाको हेटौडामा कारेरत थिए । उनीहरुको खोजीकार्य भइरहेको कास्कीका प्रहरी प्रमुख ओम रानाले बताए ।

प्रतिक्रिया