साम्राज्ञीलाई देख्दा रोकिएन यिनको आसु, यस्तो थियो उपहार (भिडियो सहित)

इनेप्लिज २०७५ भदौ २३ गते १८:५७ मा प्रकाशित

इटहरी/ नेपालि सिने उधोगमा पछिल्लो समय धेरै चलचित्रहरु निर्माण हुने क्रमले तिब्रता पाएको छ । चलचित्र निर्माण पछिको प्रदर्शन मिति तोकिए संगै सम्पूर्ण समयलाई निर्माण टिमले प्रचारप्रसारको काममा सदुपयोग गर्ने गरेको पाइन्छ । नजिकिदो प्रदर्शन मितिलाइ मध्यनजर गर्दै अहिले चलचित्र इण्टुमिण्टु लण्डनमा टिम मोफसल प्रचारप्रसारमा निकै व्यस्त छ । सुक्रबार ईटहरि आईपुगेको टीमले पत्रकार भेटघाट गरेको थियो । सो भेटघाटमा साम्राज्ञीको ठुलो फ्यान पनि भेटियो, जसले साम्राज्ञी र टिमलाई नै उपहार पनि बोकेर आएकी थिइन् । विस्तृतमा यो भिडियो हेर्नुस् ।

इटहरीको रिपोटर्स क्लबमा पत्रकार साथै अभिनेत्री साम्राज्ञीका फ्यानहरु समेत उपस्थित थिए । पहिलो पटक साम्राज्ञीलाइ भेट्न मायाको चिनो सहित आएकी पेस्को मेकअप स्टुडियोकि संचालिका मनिता तामांग अभिनेत्री साम्राज्ञीलाइ अंकमाल गर्दै खुशीको आशु निकानेकी थिइन् । सम्पूर्ण टिमलाई खादा ओडाउदै उनले मायाको चिनो हस्तान्तरण गरेकी छिन । सम्पूर्ण टिमलाई प्रगतिको कामना गर्दै उनले आगामी दिनहरुमा ‘इण्टुमिण्टु लण्डनमा २’ समेत बनोस भनि शुभकामना समेत दीइन ।

छायांकनको समयदेखि नै निकै चर्चापरिचर्चा पाएको चलचित्र ‘इण्टुमिण्टु लण्डनमा’ आगामी असोज ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउदै छ । चलचित्रका मुख्य नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक धिरज मगर, निर्देशक रेनासा बान्तवा राइ साथै गायक गायिकाहरु समेतको टिम प्रचारप्रसारमा निस्केका छन । अधिकांश छायांकन लण्डनमा गरिएको चलचित्र इण्टुमिण्टु लण्डनमा दर्शकहरुले मन पराउने कुरामा आफु बिस्वस्त रहेको निर्देशकको भनाइ छ । आर्थिक रुपमा पनि राम्रो कमाइ गर्ने तथा दर्शकहरुबाट पनि रामो साथ पाउने कुरामा सिंगो टिम आशाबादी रहेको निर्देशक रेनासाले सुनाईन ।

कोरियोग्राफरको रुपमा स्थापित भएकी रेनेशाको यो डेब्यु निर्देशन रहेको फिल्म हो भने इण्टुमिण्टु लण्डनमा नायक धिरजको पनि डेब्यु चलचित्र हो । चलचित्रमा अभिनेत्री साम्राज्ञी, धिराज मगर,सारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुषण पाठक, रुबी राना लगायतका कलाकारहरुको अभिनय रहेको छ । प्रभु एसजेबी राना र प्रज्वल एसजेबी रानाको सयुक्त लगानी रहेको चलचित्रलाई रेनाषा बान्तवा राईले निर्देशन गरेकी हुन् ।

प्रतिक्रिया