उत्तम पौडेल ,पोखरा २० भदौ
पर्वत जिल्ला फलेवास नगरपालिका १० का शर्मा परिवारका एकै घरमा ५ जनालाई मृगौलाको रोग लागेको छ । उनीहरु उपचार गराउन नसकेर थलिएर बसेका छन् ।
परिवारका ५ सदस्य मध्य ५ जनालाई मृगौलाको रोग लागेपछी अहिले उपचार गर्न नसक्ने अवस्थामा आफुहरु रहेको त्रिलोचन शर्मा बताउछन् । माईली छोरी श्यामला शर्मालाई १७ वर्ष अगाडि मृगौलाको रोग देखिएको हो । उनलाई त्रिलोचनल मृगौला दिएका हुन । श्यामला लाई मृगौलाको रोग देखिएको ५ वर्षमा उनको दाजु प्रकाश शर्मालाई पनि मृगौलाको रोग नै देखिएको तिलोचनले बताए । मृगौला रोग देखिएको लगभग २० दिनमा प्रकाशका मृत्यु नै भयो ।
त्यसको ५ बर्षपछी तिलोचनको कान्छो छोरा दिपम शर्मालाई मृगौलाको रोग देखियो । तिलोचनको ठुली छोरी दिपकलाई मृगौला दिईन । दिपक अहिले उपचारको क्रममा छन् । त्रिलोचनको श्रीमती प्रेमकला शर्मालाई पनि केही वर्ष अगाडि देखि मृगौलाको रोगले छोएको छ र्। पोखरा स्वाथ्स्य विज्ञान प्रतिष्ठानमा हप्तामा डाइलोसिस गरिहेकी छन् ।
……… त्रिलोचन भन्छन् अहिले हाम्रो परिवारको आम्दानी केही छैन । छोराले डिभिजन सडक कार्यालय पोखरामा खाएको करारको जागीर पनि गत साउन बाट छुट्यो । अहिले कान्छी छोरीले कोकाकोला कम्पनीमा काम गरेर केही रकम आम्दानीे भएको छ ।
तर उनको परिवारले अहिले महिनाको लागभग ४० हजार रुपैयाँको औषधी मात्र प्रयोग गर्न पर्छ भने विहान बेलुकाको खाना र पोखराको ठाउँमा कोठाभाडा समेत तिर्ने पैसा छैन । पर्वतमा भएको सम्पती सबै छोराछोरीको उपचारको लागि सकिएको तिलोचनले बताए ।
छोरा छोरीको जागिर भएको बेला सम्म आस थियो अब जागिर संगै आस मर्दे गएको छ । उनले बेला बेलामा विभिन्न सरकारी निकायमा धाएर छोरा र छोरीलाई करारमा जागिर खुवाएका थिए । तिलोचनको परिवारलाई सरकारले दिएको सहयोग भनेको जागरि पनि अहिले खोसीएको छ ।
अव उपचार गर्नको लागि पैसा पनि छैन । कोही सहयोग दातले हाम्रो परिवारलाई नै बचाउन आग्रह गरेको छु । उनलाई सहयोग गर्ने चहानेले नेपाल एसबिआइ बैकको दिपक शर्माको १८९१५२४१४०८२३१ पैसा राखिदिन अनुरोध गरेका छन् ।
तिलोचनको छोरा दिपकले पैसा सहयोग गर्ने भन्दा आफुहरुलाई रोजगार दिलाईन अनुरोध गरेका छन् । पैसाले दिएको समयमा मात्र हुने भन्दै उनले जागिरबाट लामो समय सम्म आन्दानी हुने भन्दै जागिरको माग गरिरहेका छन् …………… ।
https://www.youtube.com/watch?time_continue=3&v=cJhJ0GA1M4E
प्रतिक्रिया