३ वर्षको उमेर देखि उनको छोरालाई मृगौलामा समस्या देखिएको हो। डाक्टरको भनाई अनुसार उनको उमेर १५ वर्ष नपुगेसम्म उनको मृगौलामा देखा परेको समस्याको उपचार गर्न मिल्दैन। त्यसैले हाल उनीहरु आफ्नो छोरालाइ कसरी १५ वर्ष सम्म बचाइराख्ने भन्ने कुरामा प्रयासरत छन्।
उनले आफ्नो छोराको उपचार गर्न धेरै ठाउँमा धाए। इन्डिया, सितामोरी, पटना, बैरहवा लगायत नेपालमा बिरगंज र काठमाडौँको कान्ति बाल, अयोध्या र सुमेरु अस्पतालमा समेत उनले छोराको उपचार गराइसकेका छन्। अहिले उनी किस्ट अस्पतालमा आफ्नो छोराको उपचार गराइरहेका छन्। डाक्टरका अनुसार ३ वर्ष देखि मृगौला सम्बन्धि लागेको रोग निको हुन १५ वर्ष हुनु पर्छ। अहिले उनको छोरो १० वर्षका भए।
उनी सर्लाही जिल्लाका कुशल मोटरसाइकल मेकानिक हुन्। आफ्नै मिहिनेतले उनी महिनामा राम्रै कमाई गर्थे। आफ्नो पसिनाको कमाइले उनले सर्लाहीमा घर समेत बनाएका थिए। उनको सुखी परिवार थियो। एक्कासी छोरालाई मृगौला समस्या देखिए पछि उनले छोराको उपचारमा आफ्नो घर बेचे अलिअलि बचत गरेको पैसा पनि सकियो। उनी कुनै बेला विपन्न परिवारलाई सहयोग गर्थे। तर आज उनी आफै दु:ख भुमरीको परेका छन्।
उनको आफन्त काठमाडौँमा नभएको पनि होइन। तर उनको भनाई अनुसार उनको कुनै आफन्तले पनि आजको दिन सम्म कस्तो छ, के छ, खायौ खाएनौ, केहि वास्ता गरेका छैनन्। अहिले उनलाई एकदम आर्थिक अभाव भैरहेको छ। डाक्टरले उनलाई बाहिर कतै कोठा लिएर बस्न सल्लाह दिएका छन्। तर किष्ट हस्पिटलको ५५ हजार रुपौया तिर्न नसकेर हस्पिटलमै बसिरहेको उनि बताउछन।
उनलाई सहयोग गर्न चाहनु हुने महानुभावहरुले तलको नम्बरमा सम्पर्क गर्नुहोला।
सम्पर्क नम्बर : ९८४४४५६०८४
प्रतिक्रिया