तीज आयो मेरी आमा याद तेहींको आ’कोछ
तिम्रो काख घोप्टिएर रुँ झैं भाको छ ।
दिन-रात झ-झल्को बाबाको र घरको
तीजमा झनै दिदीबैनी वरपरको ।
के लेखे छ भाविले टाढा टाढा पुरायो
दिदिबैनी आमा भेट्न बर्षौं कुरायो ।
बृद्ध अनि बिरामी बाबा आमा घरमा
सम्झी रुँदै घुम्छौँ हामी ठुला सहरमा ।
के दु:खले हुर्कायौ, बढायौ र पढायौ,
खुशी हाम्लाई पार्न फेरी पिलेन चढायौ ।
बादलुको जहाज हेरी टोलाई बस्दीहौ,
साँझ रुँदै अँधेरी भै भित्र पस्दीहौ ।
अब बाटो नहेर्नु दु:खी पनि नहुनु ,
परदेशी सन्तान सन्झी धेरै नरुनु ।
ख्याउँथेउ राती उठाई मिठो दर पकाई
नाइ भन्दानि “खाऊन बाबा” भन्दै फकाई
जव चाडबाड आउँदछ कुवा बन्छ नयन
यो दु:खको कति आमा गरौँ बयान ।
पक्कै एकदिन आऊँला अंगालोमा रुँऔँला,
अश्रुधारले बिछोडको पिडा धुऔंला ।
टाढइबाट आशिष देउ यो दु:खिनी चेलीलाई
तिम्रो आशिष हाम्रो सुखको हार बरिलै !!!
प्रतिक्रिया