हेन्जनको कप्तानीमा यू–१८ टोली घोषणा

इनेप्लिज २०७५ भदौ २१ गते ११:१६ मा प्रकाशित

काठमाडौँ, भदौ २१ गते । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले आगामी असोज ४ गतेदेखि भारतको आग्रामा हुने एशियन यू–१८ च्याम्पियनसीपका लागि २० सदस्यीय नेपाली फुटबल टोली आज घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठलले दिनेश हेन्जनको कप्तानीमा २० सदस्यीय नेपाली टोली छनौट गर्नुभएकामा गोलकिपर विष्णुकुमार केसी, विशाल सुनार, सूर्य अधिकारी, डिफेन्डरमा विकास खवास, नवीन गुरुङ, राजेश गुरुङ, असिम गुरुङ, रणदीप पौड्याल सचित राई, मिडफिल्डरमा नितिन थापा, मनिस थापा, जय गुरुङ, सेसहाङ आङदम्बे, सुरज ठकुरी र अनिल महर्जन रहनुभएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।

त्यस्तै फरवार्डमा दिनेश हेन्जन ९कप्तान०, बुद्धबल तामाङ, रितिक खड्का, अनुरु गुरुङ र टीका गुरुङ तथा वैकल्पिक खेलाडीमा आकाश रानाभाट, पवन शाही, विवेक राई र दर्शन गुरुङ छन् ।

विराटनगरमा भएको बन्द प्रशिक्षकअन्तर्गत दोस्रो चरणमा छानिएका २४ खेलाडीबाट अन्तिम टोली घोषणा गरिएको हो । बाँकी चार खेलाडीलाई वैकल्पिक सूचीमा राखिएको छ ।

नेपाली टोलीको व्यवस्थापकमा रुपेश अधिकारी, प्रशिक्षकमा पासाङ तामाङ र गोलकिपर प्रशिक्षकमा चक्र तामाङ छन् । प्रतियोगिता असोज ४ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया