गायक एकान्त लिम्वु आङदेम्बे को ‘सपना हरु ’ (भिडियो सहित)

इनेप्लिज २०७५ भदौ २० गते २१:०४ मा प्रकाशित

काठमाडौं ,भदौ २० । नेपाली आधुनिक गायन विधाको क्षेत्रमा सफल मानि रहेका  गायक एकान्त आङदेम्बे को आवाज र बसन्त मुकारुङको संगीत संयोजनमा मा रहेको ‘सपना हरु ’ बोलको गीतको भिडियो सार्वजनिक भए सगैँ चर्चाको शिखरमा रहेको छ ।

विछोडको वियोगलाई गीतमा समेटिएको छ । सपनाहरु टुटेपछि बन्ने निराशालाई गीतको शब्द मार्फत समेटिएको छ । गीतमा हरि प्रसाद नेम्वाङको रहेको छ । गीतको भिडियोमा सविना राई र जिवन राईको फिचरिङ रहेको छ । भिडियोको निर्देशन , छायाँकन तथा सम्पादन इशाक हाङ जबेगुको रहेको छ ।

हेर्नुहोस भिडियो ।

 

प्रतिक्रिया