सपनको पहिलो गीत ‘सुरमै जादु छ’ रेकर्ड सम्पन्न, भिडियो छायांकन धमाधम हुँदै (भिडियो सहित)

इनेप्लिज २०७५ भदौ १८ गते १७:१७ मा प्रकाशित
इटहरी/ आर्थिक अवस्था निकै कमजोर भएका सपनलाई देश तथा विदेशबाट पनि विभिन्न व्यक्ति तथा संघ सस्थाहरुले आर्थिक सहयोग आउने क्रम जारी छ । सपन यतिबेला आफ्नो पहिलो गीत रेकर्ड र भिडियो छायांकनको लागि हाल काठमाडौमा छन । यता सपनको गीत रेकर्ड पनि भैसकेको छ भने भिडियो छायांकन पनि सुरु भएको छ । छायांकन पस्चात छिट्टै डिथ्री टिभी युट्युब च्यानलबाटै सार्बजनिक गरिने सुवास संकल्पले जानकारी गराए । हेर्नुस् उनको पहिलो गीत रेकर्ड गर्दाको झलकहरु ।
संकल्पले सपनलाई सुरुवाती दिनदेखी नै सहयोग गरिरहेका छन् । उनकै पहलमा गीत र भिडियो निर्माणको कार्य भएको हो । संगीतको ज्ञान बिना पनि निखारिएको स्वर भएका सपन कमजोर आर्थिक अवस्था भएका कारण ओझेलमा परेका थिए । ट्याक्टरमा लेबर काम गरेर आफ्नो जिबिकोपार्जन गर्दै आएका सपन संग अदभुत गाउने क्षमता छ ।
केहि समय अगाडी मिडियामा आएका सपन मिडियामा आए संगै भाइरल बनेका थिए । उनको गायकी सुनेर गायक कमल खत्रीले पहिलो गित आफ्नो सब्द संगीतमा फ्री रेकर्ड गरिदिने प्रतिबद्धता गरेका थिए भने उनको पहलमा स्टुडियो रेकर्डिङमा पनि केही प्रतिशत छुट गराईदिएका थिए । सबैको सहयोगमा गीत रेकर्ड र म्युजिक भिडियो छायांकनको लागि काठमाण्डौ रहेका सपनको पहिलो अनि निकै ठुलो सपना साकार भएकोमा सपन निकै हर्षित हुदै सबैलाई धन्यबाद दिएका छन् ।

प्रतिक्रिया