गायक भुवन थापाको चौथो एल्बम “मानुङगको शिरबाट” बजारमा सार्वजनिक ।

इनेप्लिज २०७५ भदौ १८ गते १६:४५ मा प्रकाशित

भोला थापा क्षेत्री, काठमान्डौ ,गायक तथा संगीतकार भुवनसिहं थापाले अाफ्नो नयाँ लोक पप गीत”मानुङ्गको शिरबाट” बजारमा सार्वजनिक गरेका छन ।

२०५८ साल देखि संगित क्षेत्रमा लागेका थापाको मानुङगको शिरबाट बोलको लोक पप गीती एल्बम चौथो हो । यस अघि थापाले २०६० सालमा “फेवातालमा कमल फुलेछ”, २०६५ सालमा “सतरङ्गि ईन्द्रेणी”र २०७० सालमा “तिमी थियौ” जस्ता गीति एल्बम बजारमा सार्वाजिनक गरिसकेका छन।

“मानुङ्गको शिरबाट” बोलको गितको टाईटल तनहुँको मानुङ्गडाडाँलाई समेटेर तनहुँजिल्लाको विभिन्न ठाउँको परिचय समेत दिएका छन।

उक्त म्युजिक भिडीयो तनहुँको रमणिय स्थलहरू मानुङ्गडाडाँ,डुम्रे ,बन्दिपुर,सदरमुकाम दमौली, केशवटार र घासीकुवाँ लगायत विभिन्न ठाउँहरूको दृश्यलाई फल बहादुर थापाले भिडियोमा कैद गरेका छन । उक्त गितमा स्वार,संगित र संगित संयोजन भुवन सिहं थापाकै रहेको छ भने शब्द याम थापा मगर र कोरस स्वार सर्मिला सेरापुन्जाको रहेको छ ।

करिब डेढ दशकदेखि नेपाली गीत संगित क्षेत्रमा रहेका थापा विगत पाचँ वर्षदेखी जापनमा कार्यरत छन । परदेशी भुमीमा रहेर पनि अाफ्नो दैनिकी जागीरलाई अगाल्दै बचेको समयलाई गीत संगीत प्रति समर्पित गदै जापनमा रहेका विभिन्न सामाजिक संघ संस्थामा समेत अाबद्द रहि समयदिदै अाएका छन।

सानै देखि संगित क्षेत्रमा रुचि राख्ने थापाले घर देशमा होस यता परदेशमा अाफु जहाँ रहेपनि नेपाली गित संगितलाई मनैदेखी मायाँ गर्ने र लागि पर्ने समेत बताए ।

उक्त “मानङ्गको शिरबाट” बोलको गितलाई हेरेर र सुनेर दर्शक स्रोताले राम्रो प्रतिक्रिया दिने अाशा समेत रहेको थापाले बताए ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया