मोडल हन्टका प्रतियोगीले गरे रक्तदान

इनेप्लिज २०७५ भदौ १८ गते १५:०२ मा प्रकाशित

काठमाडौं – ‘मोडल हन्ट नेपाल २०१८’ का प्रतियोगी रक्तदान कार्यक्रममा सहभागी भएका छन् । आइतबार ठमेलको नर्सिङ चोकमा आयोजित रक्तदान कार्यक्रममा प्रतियोगीका ८० प्रतियोगी सहित करिब १५१ बढीले रक्तदान गरे । कार्यक्रममाबाट संकलन भएको रगत नोवल ब्लड बैकलाई हस्तानतरण गरिएको छ ।

मोडल हन्टका प्रतियोगीलाई बिभिन्न प्रशिक्षण सहित सामाजिक उत्तर दाइत्व बोध गराउने उदेश्यले रक्तदान कार्यक्रममा प्रतियोगीलाई सहभागी गराइएको हो ।
मोडल हन्ट नेपाल, लाइन्स क्लब अफ ठमेल इवीजा र लायन्स क्लब अफ काठमाडौको संयुक्त आयोजित रक्तदान कार्यक्रममा अहिले देखिएको रगत अभावलाई केही हदसम्म पनि सहज बनाउने उदेश्यले आयोजना गरिएको कार्यक्रम संयोजक तथा इवीजा क्लबका अध्यक्ष दावाङ लामाले बताए ।

फेसन र इभेनटमा सहभागी हुँदा पनि सामाजिक कार्य गर्न पाउदा आफुलाई निकै खुसी लागेको मोडल हन्तका सहभागी मध्य एक किरण चन्दल बताइन् ।
युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरि अन्तराष्ट्रियस्तरको मोडल बन्न प्रतियोगीता लाभदायक हुने नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले बताइन् । भदौको अन्तिम साता सोल्टी क्राउन प्लाजामा मोडल हन्ट नेपालको बिजेता छानिनेछन् ।

प्रतिक्रिया