कृष्ण जन्माष्टमीको महात्व के छ ? भगवान कृष्णलाई खुसी पार्दा के–के मिल्छ ? (भिडियो)

इनेप्लिज २०७५ भदौ १६ गते ११:५३ मा प्रकाशित

कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । यो २०७५ सालको कृष्णा जन्माष्टमी १७ गते आईबार परेको छ ।

हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन–कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौं अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

युवा ज्योतिष पण्डित दिपक सापकोटाका अनुसार धर्ममा भगवान कृष्णका महिमा ठूलो रहेको चर्चा गर्नुभयो । उहाँका अनुसार कृष्ण जम्माष्टमीमा भाको बस्नाले, भगवान कृष्णको भक्ति गर्नाले जीवनमा सुख प्राप्त हुने, राम्रा कामहरु बढ्ने बताउनु भयो । हेरौं कृष्णजन्माष्टमीमा कसरी कृष्ण भगवानलाई खुसी बनाउने ? यसको महत्व के छ ? पण्डित दिपक सापकोटाको यस्तो सुझाब ।

https://www.youtube.com/watch?v=4qlb43sWUAM

प्रतिक्रिया